बास्कोटाकाण्डले खल्लीबल्ली: तनाव बढेपछि ओलीले बोलाए प्रचण्डलाई - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बास्कोटाकाण्डले खल्लीबल्ली: तनाव बढेपछि ओलीले बोलाए प्रचण्डलाई



काठमाडौं- बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यबाहक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो सार्वजनिक भएपछि तनावमा रहेका उनीहरू बिहीबार विहानै बालुवाटारमा भेट भएर छलफल गरेका हुन् ।

स्रोतका अनुसार भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई ऐलेनै आत्तिन नहुने बताउँदै उनि काठमाडौं आएपछि मात्रै बिस्तृत सल्लाह गरौंला भन्दै बिदा भएको जनाइएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो काण्डले प्रधानमन्त्री ओली बिहानैदेखि तनावमा देखिएका थिए ।

प्रचण्डले ओलीलाई यस्ता कुराबाट बिचलित नहुन आग्रा समेत गरेका थिए । स्रोतको दाबी अनुसार प्रचण्डले भने, ‘पहिले बास्कोटा काठमाडौं आउन दिनुहोस त्यसपछि सोधपुछ गरौंला ।’

बास्कोटा सुदूरपश्चिम प्रदेशमा छन् र आजै केहि कार्यक्रमको उद्घाटन पश्चात काठमाडौं फर्किंदै छन् ।