ओलीको पछिल्लो 'मुभमेन्ट'को रहस्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीको पछिल्लो ‘मुभमेन्ट’को रहस्य



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्न चाहेका छन् । उनले यसका लागि गृहकार्यसमेत अगाडि बढाइसकेका छन् । केही महिना अघिदेखि मन्त्री हेरफेर हुने विषयले चर्चा पाए पनि यतिवेला भने ओली मन्त्री फेर्ने मुडमा नै पुगेका हुन् ।  उनले उपनिर्वाचनपछि मन्त्री फेर्ने लगभग पक्का जस्तै छ ।

ओलीले आफ्नो सचिवालय र सल्लाहकार टीममा रहेका १३ जनालाई पनि राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिइसकेका छन् । 

आफू नयाँ शिराबाट अघि बढ्न खोजेको र यसका लागि सबैको राजीनामा आवश्यक रहेको बताएका थिए । यसबाट पनि प्रस्ट हुन्छ की प्रधानमन्त्री ओली अबको आफ्नो बाँकी कार्यकाललाई उपलब्धिमूलक बनाउन चाहन्छन् ।

सरकारको कामलाई प्रभावकारी बनाउने योजनासहित प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूलाई हटाएर केही नयाँ अनुहार ल्याउन खोजेको बालुवाटार स्रोतले बताएको छ । 

मन्त्रीमण्डल पुनर्गठनको विषयमा सहमति जुटाउनका लागि ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू निकटका नेताहरूसँग परामर्श गरिसकेका छन् । 

प्रधानमन्त्री ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच पनि पार्टी एकिकरण प्रक्रिया र अन्तुष्टिका विषयमा छलफल बुधबार छलफल भइसकेको छ ।  

भेटघाटका क्रममा उनीहरूबीच विगतमा पार्टी एकिकरण प्रक्रियामा भएका त्रुटी सच्याउनेदेखि आपसी सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीले नेता नेपालसँगको दूरी पनि घटाउन चाहेका छन् ।

मन्त्री फेर्ने हल्ला चलिरहदा प्रधानमन्त्री ओलीले कुनै पनि मन्त्रीलाई बोलायर राजीनामा दिनुपर्छ भन्ने संकेत भने गरेका छैनन् । जसले गर्दा मन्त्रीहरू भने दुविधामा छन् । 

प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनसँगै सभामुखको टुंगो लगाउने गृहकार्य थालेको स्रोतले बताएको छ । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने र सभामुखमा पूर्वसभामुख सुवास नेम्वाङलाई ल्याउने योजनामा मन्त्री ओली छन् ।

अर्को कुरा प्रधानमन्त्री ओलीलाई पछिल्लो समय स्वास्थ्यले थप सताइरहेको छ । उनी यतिवेला आफ्नो कार्यकालमा केही उपलब्धिपूर्ण काम गरेर इतिहास रच्ने दाउमा छन् । उनलाई काम नगर्ने भन्दा फास्ट्रयाकमा काम गर्ने मन्त्रीको साथ यतिवेला चाहिएको छ ।

स्वास्थ्यले साथ नदिइरहेको सयमा ओली आफ्ना कार्यकालमा स्मरण योग्य केही काम गर्न चाहिरहेको बताइएको छ । उनले पछिल्लो समय पार्टीमा सबैसँग सम्बन सन्तुलन बनाउन खोज्नुले पनि यही संकेत गर्छ ।