'भ्यालेन्टाइन डे'मा भीम रावलले लेखे ओलीलाई पत्र (पत्रसहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘भ्यालेन्टाइन डे’मा भीम रावलले लेखे ओलीलाई पत्र (पत्रसहित)



काठमाडौँ- नेकपा (एमाले) का सांसद डा. भीमबहादुर रावलले पार्टीमा अमेरिकी सहयोग सम्झौता एमसीसीबारे गम्भीर छलफल हुनुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् ।

रावलले भ्यालेन्टाइन डे कै दिन ओलीलाई पत्र लेखेका हुन् । भर्खरै सकिएको एमालेको महाधिवेशनमा ओलीसँगै अध्यक्ष पदमा हारेका रावलले एमसीसीको विरोध गर्दै आइरहेका छन् ।

रावलले पत्रमा एमसीसीका केहिबुँदाहरू राष्ट्रघाती भएको बताउँदै यसमा गम्भीर छलफल गर्न माग गरेका छन् । एमसीसीमा गम्भीर छलफल गर्न माग गर्दै पत्रमा एमसीसीका कैयौ प्रवधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, नेपालको संविधान र कानुन विपरित रहेको दाबी गरेका छन् ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले यस्तो माग गरेका हुन् । उनले आजको बैठकमा आफूले महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने कुरा राखेको पनि उल्लेख गरेका छन् ।

त्यस्तै, सोमबारको बैठकमा एमसीसी अनुमोदन गरिनुहुन्न भन्ने आवाज पनि जोडदार रुपमा उठेको रावलले उल्लेख गरेका छन् ।