प्रधानमन्त्री ओलीको सम्बोधन: अहिलै मरौँ जस्तो लाग्छ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रधानमन्त्री ओलीको सम्बोधन: अहिलै मरौँ जस्तो लाग्छ



काठमाडौं- सरकार गठन भएको दुई वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गरेका छन् ।

उनले २ वर्षे अवधिमा भएका उपलब्धिको फेहरिस्त सुनाएका थिए ।

उनले केही तर्कहरुले आफू बिस्मात हुने गरेको पनि गुनासो पोखे । उनले भने,‘पहिले सरकारको चर्चा गर्दा गफ गरेर हुन्छ काम गर्नु पर्‍यो नि गर्छु भनेर हुन्छ भनेको सुन्थे।

अहिले परिवेश अलि बदिलिएछ । यो एक वर्षदेखि एउटा थेगो जस्तै बनेको छ। अंक र आँकडाबाट हुन्छ? ग्लोबल इन्डेक्समा होइन जनतामा इम्प्रिेसन के छ? बुझ् भन्ने जस्ता कुराहरु सुनिन्छि। यस्ता तर्क सुन्दा म बेलाबेलामा विस्मित हुन्छु। मरौं कि जस्तो पनि लाग्छ।

तर ठिकै छ अंकमा होइन अनुभुति नै सही इन्डेक्स होइन इम्प्रेसनकै कुरा गरौं न त। के छ इम्प्रेसन, परिणाम के छ?’

प्रधानमन्त्री ओलीले भ्रष्टचारीलाई कानूनी दायरामा ल्याइछाड्ने उद्घोष गरे । प्रधानमन्त्री ओलीले भने, म भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, जो जति सुकै पहुँचवाला वा मुख हेरेर भ्रष्टलाई छाड्दिन ।

सार्वजनिक जग्गा हडपेका विषयका दोषीलाई कारबाही गर्दा होस् वा राजश्व अपचलनको विषयमा होस् सरकारले काम गरिरहेको छ ।

राजश्व चुहावट २ वर्षका बिचमा ७ सय ९५ जनालाई २६ अर्बभन्दा बढि विगो दाबी मागेर अदालतमा मुद्धा दायर गरिएको छ ।’