विवादित पात्र, ओलीका प्रिय- एमालेमा फलिफाप - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विवादित पात्र, ओलीका प्रिय- एमालेमा फलिफाप



काठमाडौं- केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल प्रहरीका महानिरीक्षकमा अवसर पाएका सर्वेन्द्र खनालले नेकपा एमाले प्रवेश गर्ने भएका छन्।

स्वतन्त्र अभियानदेखि विवेकशीलसम्म बार्गेनिङ गरेपछि अन्तत: उनी एमालेमा प्रवेश गरेका हुन् । कतिपयले आइजीपी हुँदाको गुण तिर्न उनी एमालेमा लागेको टिप्पणी गरेका छन् । सर्वेन्द्र खनाल आइजीपी हुँदा निकै विवादित पात्र हुन् ।

सांसद अपहरण काण्डदेखि विप्लव नेकपाका नेता इन्काउन्टरसम्म उनी मुछिएका थिए । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन् । बुधबार मोटामोटी सहमति बनेपछि सर्वेन्द्र अहिले एमाले प्रवेशको तयारीमा लागेका छन्

सर्वेन्द्र अहिले पनि ओलीले उत्तिकै रुचाएका पात्र हुन् । त्यसैले एमालेमा वर्षौं राजनीति गरेका नेताहरूभन्दा ठूलो हैसियत दिएर उनलाई एमालेमा भित्राउन लागिएको छ । तर भर्खरै आएका सर्वेन्द्रलाई राम्रो हैसियत दिन थालिएको भन्दै एमालेका कतिपय नेताहरूले विरोध समेत गरेका छन्।

बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनलाई स्वागत गर्ने तयारी भएको स्रोतले जनाएको छ । खनाललाई एमालेमा विशेष स्थान दिनेगरी बालकोटमा बुधबार सहमती भएको बताइएको छ ।

स्रोतका अनुसार एमालेको कुनै महत्त्वपूर्ण पद र एक स्थानबाट उम्मेदवार बनौने गरि सहमती भएको बताइएको छ ।