ओलीले भने: माधव नेपाल देशद्रोही हुन्, पार्टीमा कुनै ठाउँ छैन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओलीले भने: माधव नेपाल देशद्रोही हुन्, पार्टीमा कुनै ठाउँ छैन



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउँ नरहेको बताएका छ ।

एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाल आन्दोलनविरोधी भएको बताए ।

‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने,’ उनले भने, ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन ।’

ओलीले प्रतिक्रियावादीहरूसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाए ।

उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने ।

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरू कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।