केपी ओली र अष्टलक्ष्मी शाक्यबीच सवाल जवाफ - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

केपी ओली र अष्टलक्ष्मी शाक्यबीच सवाल जवाफ



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बागमती प्रदेशकि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबीच सवाल जवाफ भएको छ । शाक्यले माधव नेपाललाई ल्याउन ओलीले ठूलो छाती बनाएर माधव नेपालहरूलाई पार्टीमा ल्याउनुपर्ने बताएपछि ओलीले आपत्ती जनाएका छन् ।

ओलीले बिग्रेका तत्वहरु पार्टीबाट बाहिरिएको बताएका छन् । बिहीबार एमाले काठमाडौँ जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओली र शाक्यबीच सवालजवाफ भएको हो ।

ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सडेका र बिग्रेका तत्वहरु बाहिरिएको बताएका हुन् । ‘ सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए’, अध्यक्ष ओलीको टिप्पणी छ ।

उनले एमाले सिध्याउन खोजेपनि कार्यकर्ताले बचाएको दावी गरे । ‘एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेको सचेत पंक्ति जुरुक्कै उठेर रक्षाका निम्ति उभिएकाले पार्टी जस्ताको तस्तै छ’, ओलीले सम्बोधनको सुरुमै भने, ‘एमालेको भूमिका मात्रै परिवर्तन भयो । हामी सरकारमा थियौँ, प्रतिपक्षमा गयौँ ।’

अध्यक्ष ओलीले माओवादी केन्द्र एमालेमै रहेको भन्दै नाममात्रै रहेको प्रचण्ड गुट बाहिरिएको बताए । उनले अष्टलक्ष्मी शाक्यलाई जवाफ दिँदै ‘केही साथीहरुले माधव नेपाललाई आउनुस् भन्नुहुन्छ, किन आउने ? माधव नेपाल के फुटाउनलाई आवश्यक छ ?’, ओलीले भने ।

उनले लामो समय सँगै काम गरेकाले केही लोभ लागेको भएपनि लोभ छोड्न आग्रह गरे । शाक्यले सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपाललाई एमाले पार्टीमा फर्कन आग्रह गरेकी थिइन् ।