सुकुम्बासीका नाममा ओलीका खास पात्रको उपद्रो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुकुम्बासीका नाममा ओलीका खास पात्रको उपद्रो



सुकुम्बासीका नाममा सरकारी जग्गा मिचेर बस्नेमध्ये केही नेकपा एमालेका कोर कार्यकर्ता भएको खुलेको छ । थापाथलीको बागमती नदी किनारमा भएको झडपमा महिला प्रहरीको टाउकोमा लाठी प्रहार गर्ने एमालेका नेता नै रहेको खुलेको छ ।

प्रहरी अनुसन्धानबाट फेला परेको तथ्य अनुसार प्रहरीलाई निर्मम तरिकाले आक्रमण गर्ने व्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट नेता हुन् । प्रहरीका अनुसार झडपमा महिला प्रहरीको टाउकोमा लाठी हान्ने र ढुङ्गा प्रहार गर्ने नक्कली सुकुम्वासी र एमाले कार्यकर्ता छन् ।

यसअघि सुकुम्बासी आयोगको उपाध्यक्षसमेत रहेका नारायण परियार परिश्रमीको कोटेश्वर–३१ मा तीन तले घर छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खिचेको उनको तस्बिर यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सुकुम्बासी हुँ भन्दै सरकारी जग्गा मिचेर बस्ने काठमाडौंका घरवालालाई राजनीतिक दलको संरक्षण भएको भन्दै सामाजिक संजालमा फोटो भाइरल बनेको छ ।

एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्ताको भने बचाउ गरेका छन् । बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाले थालेको अभियानको चर्को आलोचना उनले गरेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघले उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सुकुम्बासीलाई शत्रुजस्तो व्यवहार गरिएको भन्दै मेयर बालेन शाहमाथि खनिएका थिए ।