केपी ओली शुक्रबार थाइल्याण्ड जाने  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

केपी ओली शुक्रबार थाइल्याण्ड जाने 



काठमाडौँ:

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रवार थाइल्याण्ड जाने भएका छन्।
थाइ एयरवेजको विमानबाट शुक्रवार दिउँसो १ बजे नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जाने बताइएको छ ।

ओलीका साथमा उनकी पत्नी राधिका शाक्य पनि जाँदै छन् । भदौं १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ । ओली नियमित स्वास्थ्य उपचारका लागि उनी ६-६ महिनामा बैंकक जाने गरेका गरेका छन्। यसअघि जेठमा उपचारका लागि बैंकक गएका थिए।