बैठक रोक्ने अन्तिम प्रयास: प्रचण्डसमक्ष ओलीले पठाए दुई प्रस्ताव - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बैठक रोक्ने अन्तिम प्रयास: प्रचण्डसमक्ष ओलीले पठाए दुई प्रस्ताव



काठमाडौँ – नेकपामा देखिएको विवादले नयाँ नयाँ मोड लिँदै गएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर ३ गते डाकिएको बैठक स्थगित गर्न अन्तिम प्रयास गरेका छन् । ओलीले आफू निकट विभिन्न नेताहरूलाई प्रचण्ड-नेपाल समुहका शिर्ष नेताहरूसंग संदेश लिएर पठाएका छन् ।

बैठक रोक्ने प्रयासस्वरूप बुधबार एकाबिहानै पार्टीका महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेल पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । स्रोतका अनुसार महासचिव पौडेलले प्रचण्डसमक्ष दुई वटा एजेन्डामा छलफल गरेको बुझिएको छ ।

पौडेलले प्रधानमन्त्री ओलीको संदेश सुनाउँदै प्रचण्डकै प्रस्ताव अनुसार मन्त्रीमंडल पुनर्गठन गर्न र पार्टीको कार्यकारी अध्यक्ष पदमा कुनै हस्तक्षेप नगर्ने बताएका थिए ।

उक्त प्रस्तावमा प्रचण्डको सहमति नभएपछि पौडेलले सचिवालय बैठक तत्कालका लागि रोक्न प्रस्ताव गरेका थिए । पौडेलले बैठक नरोकिए पार्टी एकता धरापमा पर्ने सन्देश प्रचण्डलाई सुनाएको पनि श्रोतले जनाएको छ।

तर, सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले भोलि (बुधबार) बोलाइएको सचिवालय बैठक नरोकिने स्पष्ट पारेको छ।

प्रधानमन्त्री ओलीसहित उनी पक्षका नेताहरु सहभागी नभए पनि बैठक नरोकिने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् । ‘अब कुनै पनि अवस्थामा बैठक रोकिन्न’, उनले भने ।

यस्तै अर्का सचिवालयल सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि ओली पक्ष सहभागी नभए पनि बैठक नरोकिने बताए। ‘हामीले तय गरेको बाटोमा बैठक अघि जान्छ। बैठक रोकिन्न’, उनले भने ।

प्रचण्डले शुक्रबार पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठक बस्न नसक्ने चेतावनी ओली समूहले दिइरहेको छ । भोलिका लागि तोकिएको बैठक रोक्न ओली समूहका नेताहरु सक्रिय छन् ।