मध्यरातमा केपी ओली र उपेन्द्र यादवको गोप्य वार्ता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मध्यरातमा केपी ओली र उपेन्द्र यादवको गोप्य वार्ता



काठमाडौ- जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग चुनावी सहकार्यको प्रयास थालेको छ । पछिल्लो समय पाँच दलीय गठबन्धनले सम्मानजनक सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिने तयारीमा छ ।

यसअघि नै जसपाले विज्ञप्ती जारी गरेर सबै दलसँग चुनावी सहकार्यको लागि विकल्प खुला राखेको जनाएको थियो ।

हिजो मध्यराति जसपाका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता भएको छ । सो भेटवार्तामा चुनावी सहकार्यबारे छलफल भएको जनाईएको छ ।

मधेश प्रदेशमा जसपाले एकल नेतृत्वमा सरकार बनाउनेगरि सिटमा दाबी गरेको छ । तर, गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले जसपालाई सिटमा कसेका छन् ।

एमालेपनि जसपालाई गठबन्धनबाट बाहिर ल्याउन हरसम्भव प्रयास गरेको छ । गठबन्धन टुटाउने शर्तमा एमालेले जसपालाई मधेशमा बढि नै सिट दिने तयारी गरेको छ ।