एमाले र जसपाबीच सहमति- २५ सिट जसपालाई दिने, हस्ताक्षर हुँदै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एमाले र जसपाबीच सहमति- २५ सिट जसपालाई दिने, हस्ताक्षर हुँदै



काठमाडौं- नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच निर्वाचन क्षेत्र बाँडफाँटको सहमति बनेको छ ।

एमाले र जसपाबीच आजै लिखित सहमति गर्ने तयारी भएको बताइएको छ । मोटामोटी सहमती भैसकेको र लिखित गर्न बाँकी रहेको नेताहरूले बताएका छन् ।

एमाले र जसपाका नेताबीच भएको छलफलमा निर्वाचन क्षेत्रको आजै टुंगो लगाउने तयारी भएको एमालेका एक नेताले पनि बताएका छन् ।

केही क्षेत्रमा मिल्न बाँकी रहेको र त्यसको पनि आज राति अबेरसम्म टुंगो लाग्ने एमालेका एक नेताले बताए ।

जसपाका एक नेताले अनौपचारिक सहमति भइसकेको भन्दै लिखित सहमतिमा हस्ताक्षर मात्रै हुन बाँकी रहेको बताए।

मधेसमा जसपाले ३२ मध्ये १६ सिट जसपाले पाउने गरि सहमतीमा हस्ताक्षर गर्न लागिएको हो । मधेस प्रदेशमा १६ सहित २५ ठाउँमा सिट जसपालाई दिने अनौपचारिक सहमति भएको बताइएको छ ।

प्रदेश सभामा पनि जसपाले सम्मानजनक सिट पाउने भएको छ ।