यान्छीको छुमन्तर: पद छाड्न ओलीलाई दवाव दिएपछि बन्यो माहोल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यान्छीको छुमन्तर: पद छाड्न ओलीलाई दवाव दिएपछि बन्यो माहोल



काठमाडौँ- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवादले पार्टीका नेतादेखि राष्ट्रपति कार्यालयलाई समेत व्यस्त बनायो । त्यतिमात्र होइन छिमेकी मुलुकका कुटनीतिक नियोगहरू समेत व्यस्त बने ।

नेकपामा निकै पेचिलो बन्ने गरेको शक्ति संघर्ष यतिसम्म पेचिलो बन्छ कि आफ्नो आन्तरिक विवाद मिलाउन कहिले राष्ट्रपतिको साथ् चाहिन्छ त कहिले उत्तरी छिमेकलाई गुहार्नुपर्छ । गत वैशाखमा पनि नेकपा फूटको संघारमा पुग्दा उत्तरी छिमेकीले छुमन्तर गरेको थियो।

सामान्य विवादमा खासै चासो नराख्ने चीनले नेकपाका धरै संकट पार लगाएको छ । यसअघि फुटको संघारमा पुगेको पार्टीको खड्को टार्न चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति सि चिनफिङको संदेश लिएर हरेक नेताको घरमा धर्ना नै दिनुपरेको थियो । मंगलबार पनि यान्छीले बालुवाटारमा धर्ना दिएर पार्टी फुटको खड्को टर्यो । राष्ट्रपति समेतले पहल गर्दा सतारेको संकटमा उनले फेरि छुमन्तर नै गरिन ।

राजदूत यान्छीले अचानक मंगलबार राति प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग लामो वार्ता खबर बाहिरिएपछि नेकपा वृत्तमा अनेक अड्कलबाजी चलेका थिए । उक्त खबर सार्वजनिक भएपछि अन्य दलका नेताहरूले उनको सक्रियताको विरोध समेत गरे । सामाजिक संजालमा यान्छीलाई पार्टीको सर्वोच्च नेता मान्न नेकपा नेताहरूलाई व्यंग्य गरियो ।

अन्तत: पार्टी फुट्ने घोषणाका रूपमा लिइएको बुधबारको बैठकलाई सरप्राइज बैठक बनाउन उनले खेलेको भूमिकाले जस पायो । परराष्ट्र अधिकारीको उपस्थितिविना एकाएक भएको राजदूतको भेटले पार्टीका केहि नेताहरू अझैपनि सशंकित छन् ।

उनले प्रधानमन्त्री ओलीलाई के भनिन वा के छलफल भयो भन्ने औपचारिक रूपमा नखुलाइएपनि प्रधानमन्त्री ओलीलाई ब्याक हुन लगाएको स्रोतको दाबी छ । उनले कुनैपनि हालतमा पार्टीलाई फुटबाट बचाउन दवाव समेत दिएको स्रोतले बताउँछ ।

यान्छीले प्रधानमन्त्री ओलीलाई व्यक्ति गौण कुरा भएको र पार्टी सार भएको संदेश सुनाउँदै चीनले को व्यक्ति सत्तामा हुन्छ भन्ने कुरालाई खासै चासो नदिए तर कम्युनिस्ट शक्तिलाई विस्वास गर्ने कुरा सुनाएको समेत स्रोतले दाबी गरेको छ ।

यान्छीले प्रधानमन्त्री ओलीलाई संकट गहिरिंदै गएको खण्डमा पदबाट बाहिरिन समेत सुझाएको बताइन्छ । आफू बाहिरिएर भए पनि पार्टी विभाजन रोक्न उनले दवाव दिएको समेत स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले विवादास्पद एमसीसी सम्झौता बोकेको र पछिल्लो समय भारतसंग शंकास्पद सम्बन्धका कारण चीन रुष्ट बनेको विश्लेषकहरूले बताउने गरेका छन् त्यसैले यो दवाव प्रचण्ड-नेपाल समुहको डिजाइनमा भएको आंकलन गरिएको छ ।