ओलीको घोषणा : सातै प्रदेशमा एमालेले छुट्टै सरकार बनाउँछ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ओलीको घोषणा : सातै प्रदेशमा एमालेले छुट्टै सरकार बनाउँछ



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि नेकपा एमालेले ७ वटै प्रदेशमा सरकार बनाउने बताएका छन् । काठमाडौंमा आइतबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

७ वटै प्रदेशमा एमालेको सरकार बन्छ, उनले भने, देश बनाउने हो भने एमालेको नेतृत्वमा सरकार बनाउनुको विकल्प छैन ।

उनले धनुषामा कांग्रेस र पूर्वगृहमन्त्री विमलेन्द्र निधिले ताण्डव मच्चाइरहेको पनि बताए । उनले त्यहाँ एमालेका कार्यकर्तामाथि धरपकड भैरहेको पनि बताए ।

“बाधा व्यवधान पन्छाएर एमालेले सरकार बनाउँछ,” उनले भने, “बहुमत पनि ल्याउँछ । चाडपर्व आउँदैछ । छठपर्व लगत्तै सबैले सूर्य पुजा गर्छन् ।”