प्रधानमन्त्री ओलीका ६ सल्लाहकार पदमुक्त - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्री ओलीका ६ सल्लाहकार पदमुक्त



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका ६ जना सल्लाहकार पदमुक्त भएका छन् । प्रधानमन्त्री ओलीले उनीहरूले पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

पदमुक्त हुनेमा प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार, बाराका नेकपा नेता अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा घनश्याम भट्टराई, फोटो पत्रकार कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पदमुक्त भएको पुष्टि गर्दै निवर्तमान प्रेस सल्लाहकार डा. अर्यालले आफू प्रधानमन्त्री कार्यालयमा बहाल नरहेको बताए ।

प्रधानमन्त्रीको सचिवालयमा अन्य ७ जना भने यथावत् रहने भएका छन् । त्यसमध्ये केहीले राजीनामा नदिएको र केहीले राजीनामा दिए पनि प्रधानमन्त्रीले पदमै बहाल राखेका हुन् ।

यथावत् रहनेमा प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, स्वकीय सचिव ईन्द्र भण्डारी, प्रधानमन्त्रीको निकट रहेर कार्य सम्पादन गर्दै आएका राजेश बज्राचार्य, रामशरण बजगाईं, दिपेन दाहाल लगायत छन् ।