प्राधिकरणमा कुलमानलाई नल्याउने प्रधानमन्त्री ओलीकै यस्तो योजना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्राधिकरणमा कुलमानलाई नल्याउने प्रधानमन्त्री ओलीकै यस्तो योजना



काठमाडौं- नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै ल्याउनुपर्ने माग देशभर छ । तर प्रधानमन्त्री केपी शर्मा ओली स्वयं कुलमानलाई नल्याउने पक्षमा रहेको खुलेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बनेको योजना अनुसार प्राधिकरण राजनीतिक रूपमा फाइदा लिन सकिने स्थान भएकाले पार्टी र सरकारलाई जस दिने व्यक्तिलाई ल्याउने तयारी छ ।

प्रधानमन्त्री नै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्ति नचाहेको स्रोतले दाबी गरेको छ ।

पछिल्लो समय कुलमान घिसिङकै कारण उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्रीबीच पनि पहिलेको जस्तै हार्दिकता नभएको स्रोत बताउँछ ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कानुनी छिद्र देखाएर घिसिङलाई पुनः नियुक्ति गर्न चाहेका छैनन् ।

ऊर्जामन्त्री वर्षमान पुनले आइतबार नै घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका थिए ।

तर सोमबार नियमित एजेन्डामा उक्त प्रस्ताव आएन । मन्त्री पुनले सोमबारको बैठकको अन्त्यमा आफ्नो पनि प्रस्ताव रहेको जानकारी प्रधानमन्त्रीलाई गराए पनि कानुनीरुपमा हेरौंला भन्ने जवाफ पाएको स्रोत बताउँछ ।

मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेस गरेको जानकारी गराएका थिए ।