भारतसंग किन डराउंछन केपी ओली ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारतसंग किन डराउंछन केपी ओली ?



२७ असोज, काठमाडौं ।

कांग्रेससंग नाता सम्बन्ध तोडाएर माओवादी केन्द्रलाई वाम गठबन्धनको सहमतिमा ल्याएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको व्यवहार असल छिमेकीको जस्तो नरहेको टिप्पणी गरेका छन् । उनले नाकाबन्दी पछी देखावटी रुपमा भारत बिरोधि गतिबिधि गर्दै आईरहेका छ्न ।

सीमा रक्षक देवनारायण यादवलाई एमालेमा प्रवेश गराउँदै मौकामा चौका प्रहार गर्दै ओलीले भारतको व्यवहारप्रति कडा प्रतिबाद गरेका छन् ।

सप्तरीको तिलाठीमा भारतीय पक्षको अतिक्रमणविरुद्ध लडेका देवनारायणलाई पार्टीमा प्रवेश गराउन भारत बिरुद्द अभिव्यक्ति दिएका ओलीले भारत बिरोधि नयाँ रुप धारण गरेका हुन् ।

ओलीले मधेसवादी दलहरुलाई पनि भारतको दलाल भएको र नेपालमा नाकाबन्दी लगाउन भारतलाई गुहारेर मधेसकै जनतामाथि अत्याचार गरेको आरोप लगाए ।