ओलीको निगरानी गर्न चार जना गुप्तचर, 'फोन ट्यापिङ' ! - Himal Post Himal Post
  • ५ चैत्र २०८०, सोमबार
  •      Mon Mar 18 2024
Logo

ओलीको निगरानी गर्न चार जना गुप्तचर, ‘फोन ट्यापिङ’ !



पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।

सरकारले ‘फोन ट्यापिङ’ गरिरहेको भन्दै ओलीले आफ्नो पछाडी सरकारले गुप्तचर छोडेको समेत बताए ।

विदेशी र नेपाली सञ्चारमाध्यमका केही पत्रकारहरूसँग बिहीबार गरेको अन्तरक्रियामा अध्यक्ष ओलीले आफ्नो घर अघिल्तिर चार जना गुप्तचर परिचालन गरेको दाबी गरे ।

ओलीले त्यतिमात्र होइन अहिलेको सरकारले जनताको समेत फोन ट्यापिङ गरिरहेको गम्भीर आरोप सरकारलाई लगाए ।

उनले जनतालाई सरकारले नै ब्ल्याकमेलिङ् गरिरहेको समेत बताए । ‘नागरिकको वैयक्तिक जीवनमै हस्तक्षेप गर्ने? अहिले सरकारले जनताको फोन नै ट्यापिङ् गरिरहेको छ। यस्तो गर्न मिल्छ?’

उनले भनेका थिए, ‘हेर्नुस् मेरो घर अघिल्तिर चार जना गुप्तचर राखेको छ सरकारले। राज्य संयन्त्रले मेरा विरुद्ध गुप्तचर नै परिचालन गरेको छ। यसरी ब्ल्याकमेलिङ् गर्ने? ब्ल्याकमेलर सरकार होइन त यो?’