तत्काल मन्त्रिपरिषद विस्तार नहुने ओलीको संकेत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तत्काल मन्त्रिपरिषद विस्तार नहुने ओलीको संकेत



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा आलीले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै १०/१५ दिन लाग्न सक्ने संकेत गरेका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह गरे । खेलाडीहरूले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै ओलीले उनीहरूको माग सरकारसमक्ष पुर्‍याउन लागिपर्ने आश्वासन दिए ।

‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने कुरा तपाईंहरूको यो अभिव्यक्ति हेरोस् भन्ने चाहना र यो मागलाई सरकार समक्ष पुर्‍याउँछु,’ ओलीले भने ।

नयाँ खेलकुदमन्त्रीलाई पनि खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने उनको भनाइ थियो । बालबालिकाहरूलाई उचित संरक्षण गरेर सफल बनाउन सरकार लाग्नुपर्ने उनले बताए ।

‘१०–१५ दिन लाग्न पनि सक्छ खेलकुदमन्त्री आउन । तर १०/१५ दिनपछि भए पनि म खेलकुदमन्त्री जो बन्ला, उसलाई पनि यो तपाईंहरूको कुरा भन्छु,’ ओलीले भने ।

प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै ओलीले त्यसबाट सिकेर नेपाली खेलाडीहरूले पनि आफूलाई अगाडि बढाउनुपर्ने बताए । सो एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाई नगर्न आग्रह गर्दै उनले आफूले २ लाख नगद राशि सहयोग गर्ने घोषणा गरे ।