प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या: यस्तो छ डाक्टरको सुझाव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या: यस्तो छ डाक्टरको सुझाव



काठमाडौं– दुई पटक गरी करीव ४ साताको लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी ओलीलाई चिकित्सकहरूले एकदमै धेरै आराम गर्न सुझाव दिएको खुलेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डाक्टरले एकदमै धेरै ख्याल गर्न, आराम गर्न र भिडमा नजान आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली अहिले बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । स्रोतका अनुसार चिकित्सकहरूले उनलाई धपेडी नगर्न र अति हौसिने काम पनि नगर्न भनेका छन् ।