युवाहरूले रोजगारी पाइरहेको प्रधानमन्त्री ओलीको ठोकुवा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

युवाहरूले रोजगारी पाइरहेको प्रधानमन्त्री ओलीको ठोकुवा



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पारिश्रमिक ३९ प्रतिशतले वृद्धि भएको बताएका छन् ।

सरकारको २ वर्षको उपलब्धीबारे सशनिबार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले श्रमिकको तलब वृद्धि भएको बताएका हुन् ।

खुद ज्याला महंगीको अनुपातभन्दा माथि भएकाले केही हदसम्म बचत गर्नसक्ने अवस्था भएको पनि उनले बताए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले श्रम बजारमा आउने नयाँ युवाले रोजगारी पाइरहेको दावी पनि गरे । उनले श्रम बजारमा आउने नयाँ जनशक्तिले रोजगारी पाइरहेको बताए ।

“श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएका छौं, नयाँ आउने श्रमशक्ति अनुसार रोजगारी बढाएका छौं, श्रम बजारमा नयाँ आउने जनशक्तिलाई रोजगारीले भेट्ने भेट्ने स्थिति छ,” उनले भने ।