ओलीको तीन वर्षको कार्यकाल : कार्यशैलीमा प्रश्नै–प्रश्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीको तीन वर्षको कार्यकाल : कार्यशैलीमा प्रश्नै–प्रश्न



काठमाडौं ,६ असोज ।

 एमाले अध्यक्षका रुपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर पाए ।

उतारचढावयुक्त राजनीतिक घटनाक्रमकै वेला पार्टी र मुलुकको नेतृत्व सम्हालेका उनको तीनवर्षे कार्यकालबारे एमालेवृत्तमै विभिन्न कोणबाट समीक्षा हुन थालेको छ ।

साउन पहिलो साता अध्यक्षको कार्यभार सम्हालेका ओलीका लागि केन्द्रीय कमिटिमा स्पष्ट बहुमत छ । प्रतिष्पर्धी माधव नेपाल समूहले पनि उनको निर्णयमा अवरोध गरेको देखिँदैन ।

एजेन्डा कार्यान्वयनमा ओलीको कमजोरीको खुलेर आलोचना गरे पनि राजनीतिक एजेन्डामा उनको नेतृत्व औसत सफल रहेको नेपाल समूहकै नेताहरुको विश्लेषण छ ।

एमालेको केन्द्रीय कमिटि, पोलिटव्युरो र स्थायी समितिमा संस्थापन ९ओली पक्ष० बहुमतमा छ । २३ सदस्यीय स्थायी समितिमा १२ संस्थापन र १० जना नेपाल पक्षका छन् ।

वरिष्ठ नेता खनाल कहिले तटस्थ त कतिपय मुद्दामा नेपाललाई सघाउँदै आएका छन् । नेपालनिकट नेता अमृत बोहोरा पदेन सदस्यको हैसियतमा छन् ।

६६ सदस्यीय पोलिटब्युरो र दुई सय ६ सदस्यीय केन्द्रीय कमिटिमा संस्थापनकै बहुमत छ । तर, ७५ जिल्ला कमिटिमध्ये ३४ जिल्लाका अध्यक्ष नेपाल पक्षमा र ३१ जिल्लामा संस्थापन पक्षको पकड छ ।

बाँकी जिल्लाका अध्यक्ष भने कतै खुलेका छैनन् । २२ भातृ संगठनमध्ये अधिकांशमा संस्थापनकै पकड छ ।  नयाँ पत्रिकाबाट