ओलीको उखान टुक्का ,माधवको बाम एकता प्रचण्डको कम्युनिस्ट केन्द्र बन्न सक्छ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीको उखान टुक्का ,माधवको बाम एकता प्रचण्डको कम्युनिस्ट केन्द्र बन्न सक्छ



महान् आदरणीय नेपाली जनताहरुलाई सबैलाई जानकारी छ । ” कम्युनिस्ट टूट फुट बिभाजन हुन जानेका छन्। तर जुट्दै बाम एकता गर्दै कम्युनिस्ट पार्टी केंद्र बनाउन सक्दैन ।

” एमाले पार्टीमा दर्जनौं२ गुट–उपगुट छन्। जस्तै ओली गुट , नेपाल गुट , खनाल गुट , बामदेव ,भुसाल गुट ,सुवास गुट , नेता गुट , कार्येकर्ता गुुट–उपगुट , एमालेको माथि केन्द्र देखी तल इकाई समिति सम्म समानन्तर कमिटि छन् । मुलभूत रूपमा मुख्य ओली–नेपाल समूहको टक्कर नै निर्णायक छ। मुख्य लड़ाई ओली – नेपालको नै हुन्छ । निर्णायक निर्णय ओली – नेपाल गुटबाट हुन्छ ।

ओली समूहमा युवाहरूको बाहूल्यता छ। डन ठेकदार, बदमासी देखी त्यहाँ राजनीतिक संस्कार नभएकाहरुको बहुमत टिम छ । राजनैतिक बहस ,छलफल गर्ने भन्दा ओली सरकार सत्ता मार्फत् ठेक्कापट्टा र आम्दानीका स्रोतमाथि कब्जा जमाउने नियतले नै कार्यकर्ता पालिएका छन्। उनीहरू राजनैतिक तर्क गर्दैनन्, पार्टी सङ्ग कुनै साइनो राख्दैन । कूतर्क र प्राविधिक विषयको सहारा लिन्छन्। व्यापारी नाफा घाटा सङ्ग लड़ाई हुन्छ । तर राजनैतिक रूपमा बहस छलफल सङ्ग कुनै लेनदेन हुँदैन ! पार्टी भित्रका गुटका विरुद्ध हमला भौतिक गर्छन् ।

ओलीले ” मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै एमाले अतिवाद र अति राष्ट्रवाद को पासोमा पर्दै गएको छ’, मधेस र पहाडका बिच मतभेद चर्काउने, मधेसी समुदायको राष्ट्रियताको भावनालाई बेग्ला बेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता, सामाजिक सद्भाव र संविधानको कार्यान्वयनलाई ठुलो क्षति पुराएको छ। ओलीको हठले नेपालका राजनैतिक दलहरुमा समेत समस्या देखिएको छ ।

ओली जी तपाईँ अलिक पुर्वाग्रही गर्नु भयो की हामीले हाम्रो या नेपाली जनताको चस्मा फुकालेर हेर्ने हो भने त्यहाँ ओलीको राष्ट्रवाद, स्वाभिमान कहाँ देखिन्छ! मदेशमा विकास को बजेट खन्याउने इतिहासकै पहिलो प्रधानमन्त्री मदेशी जनताको विरोधी कसरी हुन सक्छन् ? केपी कै उखान टुक्काका भरमा आफ्ना घोषणापत्र तयार गर्ने राजनीतिक दललाई या ओली गुटलाई नेपाली जनता के भन्नुहुन्छ ? विकासको सपना देखाउदै सिङ्गो देशलाई विकासे रोडम्यापमा हिडाउने ओलीलाई नौटंगीको विल्ला लगाउने एमाले युवाले भोलिको नेतृत्व कसरी गर्ने छन् ?

ओली , जसका कारण मधेसमा एमालेप्रति आक्रोश बढेको छ । ओलीले लगाएको चस्माले देशका सबै भू-भागका जहाँ मेची देखी महाकाली सम्मका आदरणीय जनता एकै हुन् भन्ने देख्न छाडेको छन् । सायद आज- भोलि ओलीको स्वास्थ्य प्रतिकूल छ । औषधीले कहिले काहीं अलि बढी नै असर पु-याए जस्तो देखिने गरी उहाँ बोल्नुहुन्छ । के एक जिम्मेवार राष्ट्रिय नेताले बोल्ने यस्तै हो ? झूठको पुलिन्दा बोकेर बल्खुबाट शंखपार्क सर्नुभएका तपाईँहरू अझै धम्कीकै राजनीति गर्नु हुन्छ भने ओलीकै जस्तो गरी उखान टुक्का सापट लिएर भन्नैपर्छ,” १२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखे पनि जस्ताको तस्तै हो ” ओलीको लोकतन्त्रप्रतिको प्रतिबद्धता ? के ओलीको लोकतन्त्रको बुझाई भनेको अभिव्यक्तिमा छाडापन हो ?

ओली भित्रका गुट – उपगुट राजनैतिक वैचारिक धरातल कमजोर छ । प्रतिस्पर्धामा “बहुदल भन्दा बाहुबललाई प्राथमिकता दिन्छन्। ” एकाध इमानदार नेताहरू बाहेक ओली समूहको मूल चरित्र गैर–राजनीतिक प्रकृतिको छ।

“ओली को जेल जीवनको त्याग ,ओलीले पार्टी भित्रका आफ्ना गुट आत्मनिर्भरता, रक्षा गर्ने विरोधी पार्टीको कटर आलोचना गर्ने , आफू सरकारमा भएको बेला रास्ट्रवादी अडान गरेको , एमालेको ९ महिने सरकारको राम्रो कामको ब्याजले मात्रै ओली माननीय नेता भएका छन् ।कमरेड नेपाल भित्रको सकारात्मक गुण भनेको राजनैतिक समस्या राजनैतिक रूपमा हल गर्ने कोसिस गर्ने कसैसँग नडराउने, नेता कार्येर्कता सबैलाई सही व्यवहार गर्ने, अरूबाट अपेक्षा कम गर्ने, आफैमा बढी भर पर्ने, आत्मनिर्भर ढङ्गले सोच्ने, अनावश्यक तर्क बहस नगर्ने, खुला, उदार, दयालु र अरूलाई धोका नदिनु, बाम एकतामा जोड़ दिने जस्ता स्वभाव उहाँको सबल पक्ष हुन् ।

कमरेड नेपाल – झलनाथ खनाल समूहका नेता- कार्येर्कताहरु अध्ययनशील छन्। पार्टी भित्रका सिद्धान्त र वैचारिक सवालमा एमालेमा ठुलै विवाद भएको बेला पार्टी कमिटि प्रणालीबाट हल गर्ने संस्कार सुरु गर्छन् ! सङ्गठनमा ठुलै विवाद राजनैतिक वैचारिक हल गर्ने कोसिस गर्छन् ।

” ओलीको हठको कारणले कमिटि प्रणाली पूरा हुँदैन ” नेपाल गुटका कुनै पनि विषयको पक्ष वा विपक्षमा तार्किक बहस गर्छन्। लामो राजनीतिक उतारचढाव र सङ्घर्षको पृष्ठभूमिबाट आएका कारण उनीहरूमा धैर्यता र संयमता देखिन्छ। फरक मतमाथि वैचारिक हमला गर्छन्, भौतिक हमला गर्दैनन्।

विरोधी सङ्ग पनि सरल सभ्य तरिकाले राजनैतिक बहस छलफल गर्छन् ! एमालेका पूर्व महासचिव मदन भण्डारी पछि पार्टी भित्रका महासचिव हुँदै एमाले पार्टी भित्रका संकटहरुलाई समाधान गर्नु , एमाले को ९ महिने सरकारमा उलेखनीय काम गर्नु ,
गिरिजा–प्रचण्ड सङ्ग शान्ति सम्झौतामा हस्ताक्षर गर्दा एमालेका माधव नेपाल त्यसका साक्षी बस्दै शान्ति सम्झौतामा अग्रणी भूमिका गरेका थिए !

एमाले पार्टीभित्र ओलीको अगाडि नेपालको पार्टीको प्रमुख भूमिका, पार्टी कमिटि प्रणाली, काम कार्रवाई, पार्टी भूमिका हुँदैन । राजनैतिक पावरमा ओली नै छन् । किनकि कमरेड माधव कुमार नेपाल पार्टी अध्यक्ष र संसदीय दलमा पराजित भएका थिए । नेपाल पराजित भएसँगै उनीलाई ओलीले किनारामा हुत्याइएका छन्।

तर,ओलीका पछिल्ला घटनाक्रम गतिविधिले एमालेमा इमानदार नेता कार्येकर्ताहरुले नेपाललाई खोजी गर्दैछन्। एमालेमा जब जब सङ्कट हुन्छ ।नेपालको खोजी हुन्छ । महाधिवेशनमा ओली अध्यक्षका दावेदार थिए। नेपालले ओलीलाई अध्यक्ष हत्याउन उनले सम्भव सबै अस्त्रको प्रयोग गरे खनाललाई राष्ट्रपतिको उधारो प्रलोभनमा तटस्थ राखे, गौतमलाई भावी अध्यक्षको रूपमा प्रस्तुत गरे, नेम्वाङलाई यस्तै प्रलोभनमा राखेका थिए । नेपालका सबै सपना चकनाचुर भएका थिए ।

ओलीले जिते एमालेको अध्यक्ष भएका थिए । ओली नै प्रधानमन्त्री पनि भए माओवादी केन्द्रको सहमतिमा देशको प्रधानमंत्री ओली नै भएका थिए । नेपाल गुटका नत अध्यक्ष भये नत राष्ट्पति भये नत भावी अध्यक्ष भये बामदेव सबै उधारा योजना भएका थिए । राष्ट्रपतिको निर्वाचन सम्पन्न भयो। त्यसपछि खनाल, गौतमहरु जिल्लिए, चिडीये पार्टीमा झन् खराब माहोलको सुरुवात भएको थियो ।

ओली गुटका कहीँ राष्ट्रपति , कहीँ प्रधानमंत्री, कहीँ मंत्री , पार्टीमा मुख्य पदमा ओली हालीमुहली सुरुभयो महाधिवेशनमा तटस्थ रहेका खनाल र ओली समूहमा धकेलिएका गौतम दुवै चुपचाप बस्नु ओलीको आशीर्वाद या नेपालको आशीर्वाद लिने नेताले आत्मसमीक्षामा देखिन्छन्।

पार्टी भित्रका बलिया महान् नेता नेपालको भावी नेतृत्वका लागि बलियो तागत हुन । सायद एमाले भित्र अहिले नेपाल एमाले अध्यक्ष हुन्थे भने माओवादी केन्द्र र एमाले वामपन्थी समीकरण जोगिन्थ्यो वामपन्थी समीकरण एकता हुने थियो ।

वामपन्थी समीकरण बलियो हुने थियो । सरकार गठबन्धनबाट माओवादी केन्द्र र एमाले आलोपालो प्रधानमन्त्री बन्ने सम्भावना जीवित हुन्थ्यो देशको राष्ट्रिय मुद्धाहरुमा संविधान विषय , मदेश समस्या , स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचनमा ‘बलियो बाम समीकरण’का साथ होमिन्थे माओवादी केन्द्र – एमालेको वामपन्थी समीकरण बलियो हुने थियो ।

नेपाल जी एमाले पार्टीमा निर्णायक भूमिकामा छैनन्। ” विगतको ऐतिहासिक भूमिका हेर्ने हो भने गिरिजा–प्रचण्डले १२ बुदे शान्ति सम्झौतामा हस्ताक्षर गर्दा माधव नेपाल त्यसका साक्षी थिए। ” “साथै प्रचण्ड -माधवको ‘भद्र सहमति’को कार्यान्वयन प्रचण्ड र नेपालको सहकार्यले मात्रै सम्भव थियो!” नेपालको अग्रणी भूमिका थियो ! तर ओली यो कुरा भुल्नु भएको होला ।

तर, विडम्बना नै भन्नुपर्छ, माननीय नेता ओली हठका उखान तुक्का , ओलीको अतिवादी विचारले देशको एकता, सामाजिक सद्भाव र संविधानको कार्यान्वयनलाई ठुलो क्षति पु¥याएको छ! नेपालमा माओवादी केन्द्र – एमालेको बाम समीकरण भत्किएको छ ।

यो नेपाली बाम आन्दोलनका २००६ देखी २०७४ सम्मको इतिहास हेर्ने हो भने नयाँ शिक्षा बन्ने निश्चित छ। तसर्थ, राष्ट्र, जनता र कम्युनिस्ट आन्दोलनप्रति निष्ठा राख्ने एमाले – माओवादी केन्द्र लगायत कम्युनिस्ट बिचार राख्ने इमानदार नेता कार्यकर्ताले समय मै सोच्नैपर्ने बेला आएको छ।

“कमरेड प्रचण्ड – कमरेड नेपालले पहल गर्ने हो भने नेपालमा २००६ देखी २०७४ सम्म सम्म हुन नसकेको बाम एकता गर्दै , कम्युनिस्ट पार्टी केन्द्र बनाउन सकिन्छ ।”

“नेकपा एमालेका पूर्व महासचिव मदन भण्डारीले भन्थे, ‘राजनीतिमा स्थायी शत्रु र मित्र भन्ने नै हुँदैन।’ भण्डारीको भनाइ नेपाली ‘कम्युनिस्ट आन्दोलनमा ,बाम एकता ,कम्युनिस्ट पार्टी केन्द्र लागू गर्दा उत्तम हुन्छ। ”

जबसम्म माननीय माधव कुमार नेपाल एमाले पार्टी अध्यक्ष हुँदैन । नेपाल समूहले स्थानीय तहमा नेतृत्व गर्ने अवसर पाउँदैन, माननीय ओलीको हठले नेपाल बाम एकता र सहकार्यको आकाङ्क्षा गर्नु सपना जस्तो हुनेछ।

लेखक – आरबी खड्का भारत