ओलीका पछिल्ला सबै उपद्रो फिल्म सुटिङका लागी भईरहेको तथ्य खुल्यो ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओलीका पछिल्ला सबै उपद्रो फिल्म सुटिङका लागी भईरहेको तथ्य खुल्यो !



 

काठमाडौं, १९ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन या अरु केहीका नाममा गर्ने सबै उभद्रो उनको जिवनीमा आधारित भएर बनिरहेको फिल्म ‘रातो सुर्य’ का लागी भएको खुलेको छ ।

राष्ट्रवादी आन्दोलनका नाममा भएको भृकुटीमण्डपको सभा, स्याङ्जा महोत्सब नै विथोलिने गरी भएको ढुगंमुडा र माइतिघरमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रम समेत ओलीलको फिल्मका लागी बताइन्छ ।

एमालेका एक नेताका अनुसार ओली आजकाल अध्यक्षको हैसियतमा भन्दा पनि फिल्मको डाइरेक्टरको निर्देशनमा चल्छन् । पछिल्लो समय बनेका सबै कार्यक्रमहरु फिल्म निर्माणकर्ताको योजनाअनुसार भईरहेको समेत एमाले मुख्यालयमा चर्चा चल्ने गरेको छ ।

ओलीको जीवनीमा बनिरहेको फिल्म ‘रातो सूर्य’ मंसिर २८ गतेदेखि छायाँकनमा छ । ‘रातो सूर्य’ फिल्मको टिम अध्यक्ष ओलीका हरेक कार्यक्रममा सँगै हिँड्ने गरेको छ । फिल्मको मुख्य पात्र नै अध्यक्ष ओली हुन् ।

केही दिन अगाडि फिल्मको टिमले ओलीसँगै टेकुस्थित पचली पुगेर बीर बलभद्र कुँवरको शालिक अनावरण गरेको दृष्य पनि लिएको थियो ।

‘रातो सूर्य’का लेखक तथा निर्देशक दीपेन्द्रप्रसाद दाहाल हुन् भने निर्माता पुरन गिरी हुन् । फिल्ममा विश्व बस्नेत, हरिहर शर्मा, सुरबीर पण्डित, टीका पहाडी, ध्रुब कोइराला, पवन खतिवडा, केशव भट्टराईलगायतको मुख्य अभिनय रहनेछ ।

(यो समाचार हामिले खबरडबली बाट लिएका हौँ)