हेर्नुस ओलीका फ्यानले :ओलीको यो नयाँ तस्बिर - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

हेर्नुस ओलीका फ्यानले :ओलीको यो नयाँ तस्बिर



काठमाडौं, ५  पुस । केही महिनाअघि भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा निकै गालि खानु प¥यो । कारण थियो–उनकी पत्नि सिता दाहालले कुटनीतिक मर्यादाको ख्याल नगरी उभिनु ।

यस्तोमा प्रचण्डकी पत्निलाई गालि गर्न अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरु लागि परेका थिए । तर, एक पटक मुलुकको बागडोरको उच्च पद प्रधानमन्त्री मात्रै होइन ‘कुटनीतिक मर्यादाको पाठ सिकाउने’ परराष्ट्र मन्त्री समेत भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सोमबारको एउटा तस्बिर हेर्नेलाई समेत असहज लाग्दो छ ।

सोमबार विहान सभामुख ओनसरी राजनीतिक समस्या समाधान गर्न डाकेको शिर्ष नेताहरुबो बैठकको दृष्यमा ओलीको बसाइ निकै आश्चर्यको विषय बनेको थियो । मुलुकको प्रधानमन्त्रीले समेत ‘सम्माननिय’ भनेर सम्बोधन गर्नुपर्ने सभामुखको अगाडी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बसाई निकै घतलाग्दो छ । उनीसँगै रहेका कांग्रेस बरिष्ठ नेता दुवै खुट्टा तल झारेर बसेका छन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि दुवै खुट्टा तल झारेर बसेका छन् । यता ओलीले भने दायाँ खुट्टा सभामुख तर्फ फर्काउँदै उपरखुट्टि लगाएर बसेका छन् ।

कुटनीतिक मर्यादामा यस्तोलाई ‘असभ्य’ मानिन्छ । केही वर्षअघि एक कार्यक्रममा तत्कालिन राष्ट्रपति रामवरण यादवसँगै रहेका अर्थमन्त्री रामशरण महतले उपरखुट्टी लगाएर बस्दा सामाजिक सञ्जालमा विरोध समेत भएको थियो । ओलीको यस्तो बसाइलाई एमालेकै एक नेता असभ्य बसाइँको संज्ञा दिन्छन् । ‘उहाँको अलि आफू नै ठूलो हुँ भन्ने अहँता छ,’ ती नेताले भने, ‘सभामुख भनेको पद हो, व्यक्तिलाई होइन हामीले पद्धत्तिलाई मान्ने हो तर हाम्रो अध्यक्षले आफूले जे गरेपनि हुन्छ भन्ने ठान्नु हुन्छ ।’ त्यसो त आफ्नो शरिरलाई कसरी राख्ने भन्ने अधिकार व्यक्तिको निजी मामला पनि हो । यद्धपी राजनीतिक दलका शिर्ष नेताहरुले भने यसो भनेर उम्कन पाउँदैनन् । उनीहरु भनेको सार्वजनिक सम्पत्ति समेत हुन् । उनीहरुको हाउभाउ र बोलीचाली समेत समाजको दृष्टिमा पर्न सक्छ । एमाले नेता शंकर पोखरेल आफू यो विषयमा बोल्न नचाहेको बताउँछन् । ‘मैले विषय नबुझी बोल्नु हुँदैन,’ उनले भने, ‘मैले बुझेको विषय फरक पनि हुनसक्छ ।

नेपालमा सिस्टम छैन ।’ यता नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरी खतिवडा केपी ओलीमा निकै अहमता रहेको बताउँछन् । ‘उहाँमा केही अहंमता छ । मैले जे गरेपनि हुन्छ । उग्र राष्ट्रवादको नाराले देशको भलो गर्दैन,’ उनले भने,‘मधेसीलाई राष्ट्रवादी नै नदेख्ने र मधेसीले पहाडीलाई देखिनसहने यो दुवै घातक हो । खतिवडाले ओलीको उक्त बसाइ मर्यादा विपरित भएको तर्क गरे । ‘यो मर्यादा विपरितको कार्य हो । यो देश भनेको राजा त भूपु भएको देश हो,’ उनले भने, ‘मुलुक भन्दा ठूलो कोही छैन । यहाँको जनता नै सवैभन्दा ठूला राष्ट्रवादी हुन् ।’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत ‘ओलीको आचरण गुम्दै गएको बताउँछन् । ‘जुन पार्टीले संसदीय व्यवस्थलाई मानेको छ । उसैले संसदीय मर्यादा बनाएको हो,’ उनले भने, ‘यो व्यक्तिगत कुरा मात्रै होइन । भोली त्यो ठाउँमा उहाँकै मान्छे पुग्दा अरुले मान्नेकी नमान्ने ?

सब्द सापटी दियो पोष्ट