ओलीलाई खतिवडाको मात्रै चिन्ता: फिर्ता बोलाएपछि तनाव - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओलीलाई खतिवडाको मात्रै चिन्ता: फिर्ता बोलाएपछि तनाव



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवारसँग एमाले अध्यक्ष केपी शर्मा ओली फायर बनेका छन् । आफू प्रधानमन्त्री भएको बेला ओलीले नियुक्त गरेका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि ओली फायर बनेका हुन् ।

ओलीले तत्कालिन समयमा डा. खतिवडालाई पटकपटक लाभको पद दिएको भन्दै पार्टीमै उनको चर्को आलोचना हुने गरेको थियो । पार्टीमै अनुभवी नेताहरू भएपनि सांसद समेत नरहेको नेतालाई पटकपटक मन्त्री बनाएको भन्दै ओली र खतिवडाको चर्को विरोध पनि भएको थियो । पहिले मन्त्री त्यसपछि सल्लाहकार त्यसपछि राजदूत बनाएर ओलीले उनीमाथि उपकार नै गरेका थिए ।

उनै खतिवडालाई सरकारले फिर्ता बोलाएको छ । राजनीतिक रूपमा ओलीले नियुक्त गरेका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको थियो । राजनीतिक नियुक्ति पाएका राजदूतहरूको लिस्टमा खतिवडाको नाम पनि परेको छ ।

पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्ताहरूको अबमुक्याँ गरेर लाभको पद एकै जनालाई मात्रै दिएपछि ओलीको चर्को आलोचना हुँदापनि उनै खतिवडालाई ओलीले अवसर दिएका थिए । अर्थमन्त्री बनेपछि अनेक विवादमा फसेका खतिवडाले मन्त्रालय नै लथालिङ्ग बनाएको आरोप लागेको थियो । त्यतिमात्र होइन उनी राजदूत बनेपछि पनि लगातार विवादित हुँदै आएका छन्।

अत्यधिक माया गरेको व्यक्तिलाई सरकारले फिर्ता बोलाउँदा ओली अहिले देउवासँग फायर बनेको बताइन्छ । ओलीलाई अरू राजदूत फार्किएको भन्दा खतिवडा फिर्ता हुँदा तनाव भएको छ । एमालेकै कतिपय नेताहरूसंगको कुराकानीमा ओलीले खतिवडालाई फिर्ता बोलाउँदा दुखी भएको बताएका छन् । उनले सार्वजनिक कार्यक्रममै सरकारको यो कसमको आलोचना गरेका छन् ।

एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै ओलीले बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधी भएको आरोप लगाएका छन् । विद्वान व्यक्तिलाई फिर्ता बोलाएर राम्रो नगरेको टिप्पणी उनले गरेका छन् ।

वर्तमान सरकारले जनताको हक, हितविपरीत काम गरेको र राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकासलाई प्राथमिकता नदिएको ओलीको आरोप छ । अदालतको परमादेशबाट बनेको सरकारले अघिल्लो सरकारले ल्याएका विकास आयोजनालाई हटाएको ओलीको तर्क छ ।

‘विद्वान व्यक्तिहरूलाई राजदूतावासबाट फिर्ता बोलाएर, भुमिसम्बन्धि समस्या समाधान आयोग खारेज गरेर, पार्टी विभाजनलाई सजिलो बनाउनका लागि अध्यायदेश ल्याएर यो सरकारले आफ्नो नालायकीपन छरपस्ट पारेको छ,’ ओलीले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफू नेतृत्वको सरकारले जनता आवासअन्र्तगत १२ हजार घर, ३१ वटा सडक पुल तथा २ सय १० वटा सडक र ३ सय ९६ वटा अस्पताल एकै दिनमा शिलान्याश गरेर विकासलाई तीव्र रूपमा अगाडि बढाएको दाबी गरे ।