प्रधानमन्त्री ओलीले प्रचण्डलाई बैठकमा बोलाए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्री ओलीले प्रचण्डलाई बैठकमा बोलाए



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई पार्टी बैठकमा आउन आग्रह गरेका छन ।

प्रधानमन्त्री ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्डलाई आग्रह गरेका हुन । उनले पार्टीले अझै पनि अध्यक्ष र वरिष्ठ नेताबाट नहटाएको बताउँदै सूर्य चिह्न चाहिने भए पार्टीले बोलाएको बैठकमा सहभागी हुन आउन आग्रह गरेका हुन ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको बताए ।

आफू र प्रचण्डबीच २०७४ असोज १४ गते सूर्यमै चुनाव लड्ने सहमति भए पनि दुई दिनमै उक्त सहमित तोडिएको बताउँदै प्रधानमन्त्री ओलीले सूर्य चिह्न भएका कार्यकर्ताले समेत अर्को चिह्नमा भोट हालेर मात्रै प्रचण्डले जितेको दाबी गरे ।

देशका सम्मानित राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले तथ्यहीन आरोप लगाउने काम भइरहेको बताए ।

आफूले देशलाई बरबाद हुनबाट जोगाएको बताउँदै प्रधानमन्त्री ओलीले देशको अनुहारमा मुस्कान ल्याउन संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरिएको बताए ।

जनताले ठूलो त्याग गरेर ल्याएको अहिलेको उपलब्धि तलमाथि हुन नदिने बताउँदै ओलीले देशलाई प्रतिगमनतिर नभई अग्रगमनतिर लैजान खोजिएको बताए । सरकारले अपेक्षाअनुसार काम गर्न पार्टीभित्रबाटै कपटपूर्ण तमासाले पनि व्यवधान गरेको गुनासो गर्दै ओलीले अब देश विकासको साथ अगाडि बढ्ने बताए

पुरानै प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्नेहरुसँग कुनै तर्क नरहेको बताउँदै आफूले कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गरे ।