ओलीले डाके स्थायी कमिटी बैठक: यस्ता छन् एजेन्डा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीले डाके स्थायी कमिटी बैठक: यस्ता छन् एजेन्डा



काठमाडौं- नेकपा एमाले ओली समूहले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ ।

शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ।

केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुने तामाङले जानकारी दिए।