महाधिवेशनको मुखमा ओलीले बोलाए स्थायी कमिटी बैठक « Himal Post | Online News Revolution
Logo

महाधिवेशनको मुखमा ओलीले बोलाए स्थायी कमिटी बैठक



काठमाडौं : महाधिवेशनको मुखमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । आज सोमबार बैठक बस्दैछ।

बैठक आज अपरान्ह तीन बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्न ​कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ। आजको बैठकले मनोनयनका लागि नाम प्रस्ताव गर्ने र अर्को बैठकले मनोनयन टुंग्याउने छ।

एमालेको विधानमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधी मनोनित हुने व्यवस्था छ। जस अनुसार करिब ९५ जना प्रतिनिधी स्थायी कमिटीले टुंगो लगाउने छ।