ओलीले डाके एमालेको सचिवालय बैठक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ओलीले डाके एमालेको सचिवालय बैठक



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् । चुनावपछि एमाले सचिवालयको बैठक शुक्रबार पहिलोपटक बस्न लागेको हो ।

चुनावी समीक्षा, आगामी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

एमालेमा एक पक्ष कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने पक्षमा छ । उता केही एमाले नेताहरूले माओवादीसँग निरन्तर सम्पर्क गरिरहेका छन् ।

चुनावले कुनै पनि दल वा गठबन्धनलाई स्पष्ट बहुमत नदिएको बेला बस्न लागेको एमाले सचिवलाय बैठकले गर्ने निर्णयले आगामी राजनीतिक परिदृश्यबारे केही नतिजा दिनेछ ।