ओलीले दिए फोटोबिनाको शुभकामना, दशैँको टिका नलगाउने घोषणा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओलीले दिए फोटोबिनाको शुभकामना, दशैँको टिका नलगाउने घोषणा



काठमाडौं- पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फोटोबिना नै यस वर्षको बडा दशैँको शुभकामना दिएका छन् ।

सधै जस्तो शुभकामना ब्यानरमा बडेमानको फोटो सहित शुभकामना दिने ओलीले यो पटकको दशैँ शुभकामनामा फोटो राखेका छैनन् ।

यस्तै शुभकामना दिँदै अध्यक्ष ओलीले यो वर्ष टिका नलगाउने घोषणा गरेका छन् । दशैँको शुभकामना दिँदै उनले टिका नलगाउने जनाएका छन् ।

उनको भाइको निधनको कारणले अध्यक्ष ओलीले यो वर्षको दसैँमा टिका नलगाउने भएका हुन् । तर, पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भने उनले शुभकामना आदानप्रदान गरिरहेका छन् ।