इजलासमा जबराले सोधे: ओली आफ्नो दायित्वबाट किन विमुख हुनुभयो ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

इजलासमा जबराले सोधे: ओली आफ्नो दायित्वबाट किन विमुख हुनुभयो ?



काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस चलीरहेको छ । अन्तिम चरणको बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका अधिवक्ताहरूले बहस गरिरहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ओलीतर्फका अधिवक्ताहरूलाई लगातार प्रश्न तेर्स्याएका छन् । बिहिबारको बहसमा पनि यो क्रम जारी रह्यो ।

बिहिबार जबराले ओलीले अरूलाई सत्ता दिन किन नखोजेको भन्ने आसयको प्रश्न गरेका छन । उनको प्रश्न थियो, “विश्वासको मत पाउने सम्भावना थिएन भने संविधान ज्युँदो राख्न केपी शर्मा ओलीले अरुलाई पनि दिन सक्नुहुन्थ्यो नि हैन र ?,”

प्रधानन्यायाधीशको प्रश्न थियो, “प्रधानमन्त्री ओलीले एकपटक विघटन गर्नुभयो अदालतले मिलेन भनी विघटन बदर गर्‍यो । यसरी बदर गर्दा संविधानको दायित्व र अरुसमेत भन्यो । यो अवस्थामा प्रम ओलीले आफूमात्र हुने अरु बनाउने दायित्वबाट किन विमुख हुनुभयो ?”

यसअघि संविधानको धारा ७६(५)लाई अन्य धारासँग जोडेर बहस जारी राखेपछि प्रधानन्यायाधीश राणाले पूर्वमहान्यायाधिवक्ता समेत रहेका अग्नि खरेललाई प्रश्न राखेका थिए ।

उनले प्रश्न गर्दै भनेका थिए, “संविधानका सबै धारा उपधारा स्वतन्त्र छन् । उपधारा ५ स्वतन्त्र हो भने अनि अरु धारासँग जोडेर पृथक तरिकाले व्याख्या गर्न मिल्छ ?”

राणाले उपधारा ५ मा दलको र स्वतन्त्र समर्थन गरेर सरकार बन्न सक्ने भन्ने कुरा आएको छ यसलाई प्रष्ट पार्नुहोस् ? भन्दै अर्को प्रश्न गरेका थिए ।

“उपस्थितिलाई कसरी हेर्ने भन्ने कुरा पनि आएको छ । देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ अरु दलको पनि कसरी गल्ती भयो ?,” उनको तेस्रो प्रश्न थियो ।