ओलीले स्वीकारे गृहमन्त्री र कानुनमन्त्रीले लागेको प्रस्ताव - Himal Post Himal Post
  • २२ श्रावण २०७९, आईतवार
  •      Sun Aug 7 2022

ओलीले स्वीकारे गृहमन्त्री र कानुनमन्त्रीले लागेको प्रस्ताव



काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेटवार्ता गरेका छन् ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको निवासमा भएको भेटमा नागरिकता विधेयकलाई राजनीतिक सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने विषयमा सकारात्मक छलफल भएको गृहमन्त्री खाणले बताएका छन् ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । गृहमन्त्री खाणले उक्त विधेयबारे पटकपटक दलहरूसँग छलफल गरेका छन् । उनीहरूले यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरिसकेका छन्।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस भएको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।