ओलीलाई प्रचण्डको गतिलो झापड ,हिटलरको राष्ट्रवाद पनि धेरै टिक्न पाएन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीलाई प्रचण्डको गतिलो झापड ,हिटलरको राष्ट्रवाद पनि धेरै टिक्न पाएन



जनकपुर, साउन १६ ।

नेकपा माओवादी केन्द्रको २ नम्वर प्रदेशको नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पार्टी अध्यक्ष प्रचण्डले  हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भएपनि त्यो धेरै नटिकेको भन्दै नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ। अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिए पनि त्यो सफल नहुने दावी गरे ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नम्वर २ का माओवादी केन्द्रका करिब एक हजार जना महाधिवेशन आयोजक समिति सदस्यहरु सहभागी छन । प्रशिक्षण कार्यक्रममा आठ जिल्लाका जिल्ला संयोजकहरुले रिपोर्ट प्रस्तुत गरेका छन । उनीहरुले प्रस्तुत गरेको रिपोर्टमा पार्टीको मूख्यरुपमा प्रतिस्पर्धी कांग्रेस, केही स्थानमा मधेशवादी दल र एमाले रहेको बताएका छन ।

मधेसी जनतामाझ माओवादी केन्द्र लोकप्रीय बन्दै गएपछि पछिल्लो समयमा अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेशको लहर बढेको संयोजहरुको रिपोर्टमा उल्लेख छ ।त्यसैगरी उनीहरुले पार्टीको आन्तरिक मतभेद सम्बोधन गर्नुपर्नेमा विशेष जोड दिएका छन। पार्टी नेतृत्वले यी कुरामा ध्यान पुर्याएमा माओवादी केन्द्र २ नम्वर प्रदेशमा पहिलो पार्टी बन्ने उनीहरुको लक्ष्य रहेको ।

माओवादी भनेको ध्वस्त गर्ने, भत्काउने, बिगार्ने पार्टी होइन। कसैले त्यस्तो सोच्छ भने त्यो भ्रम हो। विकास, समृद्धि र उज्यालो नेपालको मेरो अभियानले त्यसलाई पुरै खारेज गरिदिएको छ। संविधानमा हामीले प्राप्त नगरेका कुरा छोडेका छैनौ। हामी हाम्रा मुद्दाका पक्षमा निरन्तर लडिरहन्छौ।लोडसेडिङको अन्त्य, ७.५५ आर्थिक वृद्धि, हुलाकी राजमार्ग, फास्ट ट्रयाक निर्माण, महाकाली नदीमा पुल निर्माण र राष्ट्रिय गौरवका आयोजनामा तिब्र प्रगति इतिहासले कहिल्यै नभूल्ने उपलब्धि हुन्।

प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई सम्बोधन गदै अध्यक्ष प्रचण्डले भने,  ‘२ नम्वर प्रदेशमा माओवादी केन्द्र पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना छ। यस प्रदेशमा माओवादी केन्द्रलाई पहिलो बनाउनु छ। त्यसका लागि युद्दस्तरमा निर्वाचन अभियानमा जानुपर्छ। भ्रम चिरेर सत्य स्थापित भयो भने माओवादीले जित्छ। अरु पार्टीहरुले भ्रमको खेती गरेका छन्। तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ।’

माओवादी नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी होइन। हामी उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहन्छौ। मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन्। उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ।

हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराई–मधेशका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा हो। एमाले र मधेशी दलले लिएजस्तो जाति जाति भिडाउने नारा होइन।मधेशी जनताको मुक्तिका लागि १३ सय जनाले सहादत गरेका छन्। मधेशको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी हो। मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई९मधेशलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो।

एमाले र मधेशी दलले लिएजस्तो जाति जाति भिडाउने नारा होइन।मधेशी जनताको मुक्तिका लागि १३ सय जनाले सहादत गरेका छन्। मधेशको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी हो। मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई९मधेशलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो।

माओवादी भनेको ध्वस्त गर्ने, भत्काउने, बिगार्ने पार्टी होइन। कसैले त्यस्तो सोच्छ भने त्यो भ्रम हो। विकास, समृद्धि र उज्यालो नेपालको मेरो अभियानले त्यसलाई पुरै खारेज गरिदिएको छ। संविधानमा हामीले प्राप्त नगरेका कुरा छोडेका छैनौ। हामी हाम्रा मुद्दाका पक्षमा निरन्तर लडिरहन्छौ।लोडसेडिङको अन्त्य, ७.५५ आर्थिक वृद्धि, हुलाकी राजमार्ग, फास्ट ट्रयाक निर्माण, महाकाली नदीमा पुल निर्माण र राष्ट्रिय गौरवका आयोजनामा तिब्र प्रगति इतिहासले कहिल्यै नभूल्ने उपलब्धि हुन्। हामीले बासमति चामल फलायौ। तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौ। तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए। अब हामी चामल बेच्न घरघर जाअौं। कुहेको किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ।

एमालेलाई मधेशी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन पर्दैन। उनीहरु बाध्यतावश स्वीकार्दैछन्। बलिया भए भने परिवर्तन उल्टाउँछन्। माओवादी फुट्दा जनता रोएका छन्। जनताको त्यत्रो अपेक्षा थियो। तसर्थ, सबै माओवादीमा अब जुट्ने बुद्दि आउनुपर्छ।

प्रचण्डले पार्टी बिघटनको प्रस्ताव गर्यो भनेर हल्ला गर्दैछन्। पार्टी बिघटन कल्पना नगर्दा पनि हुन्छ। तर, पार्टीका गलत संस्कृति र प्रवृत्ति भने बिघटन गर्नुको बिकल्प छैन। हामी दौडन त दौडियौ। तर, सुर ताल हरायो। अब हामी सुर तालसहित नाच्नुपर्छ। योजनावद्द रुपमा संगठन निर्माणको अभियानमा जानुपर्छ। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखको मुद्दा लिएर जनतामा जान्छौ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखले मात्र देशको स्वाधिनता जोगाउन, राष्ट्रिय एकता बलियो बन्छ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो। एकल जाति, भाषा, लिङ्ग र क्षेत्रको निरङ्कुश सत्ता ढालेर जनताको संघीय गणतन्त्र ल्याएका छौ। राजनीतिक दृष्टिले मधेश स्वायत्त प्रदेश बनिसकेको छ, असोज २ को चुनावपछि त्यसले बैधानिकता पाउँछ।’

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्दका बरिष्ठ नेता रामबहादुर थापा बादलले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश हो। एकल जाति, भाषा, लिङ्ग र क्षेत्रको निरङ्कुश सत्ता ढालेर जनताको संघीय गणतन्त्र ल्याएका छौ। राजनीतिक दृष्टिले मधेश स्वायत्त प्रदेश बनिसकेको छ, असोज २ को चुनावपछि त्यसले बैधानिकता पाउँछ।’

नेता बादलले पार्टीमा नयाँ एकता कायमा गर्न सक्यौ भने २ नम्वर प्रदेशमा माओवादी केन्द्र पहिलो पार्टी हुनेमा शंका नरहेको बताए । ‘२ नम्वर प्रदेश सामन्तवादको गड हो, जमिन्दारहरुको बोलवाला छ, माओवादीले जिते मात्र यसलाई बदल्न सकिन्छ।’, नेता बादलले भने, ‘ क्रान्तिकारी उपलब्धिहरुको रक्षा गर्न माओवादी उम्मेदवारहरुले जित्न जरुरी छ। संगठनात्मक श्रेष्ठता हासिल नगरी राजनीतिक उपलब्धिहरु जोगाउन मुस्किल पर्नेछ।’

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अर्का नेता नारायणकाजी श्रेष्ठ भने संविधान कार्यान्वयनको प्रक्रियालाई सफल पार्न असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन हुँदैछ।नेपालको स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सबैभन्दा बढी त्याग र बलिदान मधेशी जनताले गरेका उनले दावी गरे ।

‘नेपालमा गणतन्त्र, संघीयता, नयाँ संविधान लगायतका जुन परिवर्तन हासिल भएका छन्, यसको एक मात्र हकदार माओवादी केन्द्र हो। विभिन्न षड्यन्त्र छन्। तर, अब निर्वाचनलाई कुनै शक्ति र षड्यन्त्रले रोक्न सक्दैन। असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन भएरै छोड्छ। मधेशी लगायत सम्पूर्ण समुदायको माग सम्बोधन हुने गरि माओवादी केन्द्र संविधान संशोधनका लागि प्रयत्नशील छ।’सम्बन्धित् समाचारकांग्रेस–एमालेले माओवादी एजेण्डा भन्दा बाहिर गएर काम गर्न सक्दैनन् : प्रचण्ड<
एमालेप्रति कडा रुपमा प्रस्तुत भएका श्रेष्ठले भने, ‘एमाले संकिर्ण जातिवादी, नश्लवादी र सामन्ती पार्टी हो। सत्ताका लागि जेसुकै गर्न तयार हुने षड्यन्त्रकारी पार्टी हो। एमाले राजनीतिक मूल्य, मान्यता र संस्कार नभएको पार्टी हो।’

‘नेपालमा गणतन्त्र, संघीयता, नयाँ संविधान लगायतका जुन परिवर्तन हासिल भएका छन्, यसको एक मात्र हकदार माओवादी केन्द्र हो। विभिन्न षड्यन्त्र छन्। तर, अब निर्वाचनलाई कुनै शक्ति र षड्यन्त्रले रोक्न सक्दैन। असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन भएरै छोड्छ। मधेशी लगायत सम्पूर्ण समुदायको माग सम्बोधन हुने गरि माओवादी केन्द्र संविधान संशोधनका लागि प्रयत्नशील छ।’

जारी प्रशिक्षण कार्यक्रम अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा माओवादी केन्दमा प्रवेश गरेका छन । राप्रपाका केन्द्रीय सदस्य रामचन्द्र मण्डल, नयाँ शक्ति नेपालका नेता विजयकुमार साह लगायत विभिन्न पार्टी परित्याग गरि तीन सय भन्दा धेरै नेता र कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गरेका छन । नवपार्टी प्रवेशीहरुलाई पार्टी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

जारी प्रशिक्षण कार्यक्रम माओवादी केन्द्रका शीर्षनेताहरु अध्यक्ष प्रचण्ड,नारायणकाजी श्रेष्ठ,रामबहादुर थापा बादल,गिरिराजमणि पोखरेल,हरिबोल गजुरेल,प्रभु साह,उर्मिला अर्याल,विश्वनाथ साह,प्रल्हाद बुढाथोकी,रामकुमार यादव,भरत साह र डाचाराज वाग्ले सहभागी छन् ।