१ सय ७ औं भड्छा महोत्सव सुरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

१ सय ७ औं भड्छा महोत्सव सुरु



हिमाल पोष्ट /माघ १४ , सैनामैना ।

भड्छा गाउँ समाज सैनामैनाबाट आयोजित १०७ औ ऐतिहासिक भड्छा महोत्सव तथा मोघे औसी मेलाको बिहिबार राती एक भब्य समारोका बिच उदघाटन भएको छ ।

“हाम्रो संस्कृती हाम्रो पहिचान,शिक्षा,खेलकुद,कृषि,संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजना गरीएको मेला बिहिबार राती करिब ९ बजे सांसद भरत कुमार शाहले उद्घाटन गरेका थिए ।

सभासद शाहले यस क्षेत्रको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउदै लामो सङ्घर्ष पछि प्राप्त भएको सबिधान लाई कार्यन्वयनका लागि स्थानिय निकायको चुनाबमा आवस्यकता रहको बताए । माहाभारतको युद्धको स्मरण गराउदै सांसद शाहले अति उग्र राष्ट्बादले देश खाने भएकाले यस्तो सोचाई राख्न नहुनेमा जोड दिए ।

नेपाली काग्रेसका नेता समेत रहेका सांसद शाहले स्थानिय निकायको चुनाबको लागि सबै तयारी अवस्थामा रहन पनि आग्रह गरे । त्यस्तै कार्यक्रमको विशिष्ट अथिति रहेका थारु कल्याणकारी सभा रुपन्देहीका सभापति रामबली चौधरीले भड्छा महोत्सव तथा माघे औंशी मेला थारु समुदायको पहिचान सग जोडिएकाले यसको संक्षणमा लाग्नु पर्नेमा जोड दिए ।

थारु भाषामा सम्बोधन गरेका थारुले माघ महिनालाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने भएकाले यसको विशेष महत्व रहेको पनि औलाएका थिए । तराई , पहाड , हिमालमा बस्ने नागरिकहरुको भेषभुषा भाषा, संस्कृति को डोरीले राष्ट्यिता जोगाएको मानब अधिकार तथा शान्ती समाजका केन्द्रिय उपसभापति गोबिन्द खनालको भनाई रहेको थियो ।

नागरिकले जोगाएको राष्ट्यिताको डोरीलाई टुट्न नदिनको लागि राजनीतिक दलहरु जिम्मेवार ढङ्गले लाग्नु पर्नेमा जोड दिएका थिए ।

खनालले नेपालमा लोकतन्त्र माथि चौतर्फी प्रहार भएको अनुभुती भएको बताउदै हिसांका बारुदहरु गनाएको गन्थ पाएकोले यसको निषेध गनुृ पर्नेमा बताएका थिए ।

मेला मुल आयोजक समितिका अध्यक्ष टिकाराम चौधरीको अध्यक्षता , सांसद भरत कुमार शाहको प्रमुख आथियत्तामा भएको कार्यक्रममा थारु कल्याणकारी सभा रुपन्देहीका सभापति रामबली चौधरी , मानब अधिकार तथा शान्ती समाजका केन्द्रिय उपसभापति गोबिन्द खनाल , नेपाली काग्रेस सैनामैना नगर समितिका सभापति राम प्रसाद अधिकारी , नेकपा एमाले जिल्ला सदस्य चित्र बहादुर कार्की , नेकपा माओबादी केन्द्र जिल्ला सदस्य नारायण न्यौपाने , नेकपा माओबादी जिल्ला सचिबालय सदस्य तेजेन्द्र थापा , नेपाल रेडक्रस जिल्ला मन्त्री कृष्ण पङ्गनी , सञ्जिब कुमार राय ,खुसीराम चौधरी बुद्धिराम चौधरीको , हरिनारायण चौधरी लगायतले बोलेका थिए ।

मेला उदघाटनको प’र्व सन्ध्यामा गरिएके रक्तदान कार्यक्रममा ३३ प्वाईन्ट रगत संकलन भएके थियो ।त्यस्तै बिहन ११ बजे सैनामैनाको कलौनी , रामापुर हुदै मेला स्थल सम्म झाकि सहित रयाली प्रर्दशन गरिएको थियो । थारु समुदायको भुष भुषा सहित , विद्यालयका विद्यार्थी , संघ सस्थाको रयाली निकालिएको थियो ।