ह्वात्तै घट्यो प्याजको मूल्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ह्वात्तै घट्यो प्याजको मूल्य



काठमाडौँ- दिनप्रतिदिन आकाशिंदै गएको प्याजको मूल्य एकाएक आरालो लागेको छ । भारतबाट निर्यात बन्द भएसंगै आकाशिएको प्याजको मूल्य चीनबाट आउन थालेपछि सस्तो हुँदै गएको हो ।

प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको मूल्य अहिले १५० मा झरेको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कामय भएको थियो ।

१ सय ८० सम्म झरेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ । प्याजको आपूर्ति बढेलगत्तै मूल्य निकै सस्तो हुने अनुमान गरिएको छ ।