ओभरलोड बोकेका गाडी नियन्त्रणमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओभरलोड बोकेका गाडी नियन्त्रणमा



दिपा महत : कपिलवस्तु ।कपिलवस्तुको कृष्णनगर भन्सार नाकाबाट ओभरलोड बोकेका गाडी नियन्त्रणमा लिइ चेकजाँचमा कडाइ गरिएसँगै भन्सार राजश्व दोव्वरले बृद्धि भएको छ ।

देशभरका भन्सार कार्यालयमा हुने चुहावटलाइ रोकथाम गरी भन्सार राजश्व बृद्धि गर्न नयाँ अर्थमन्त्री युवाराज खतिवडाले देशभरका प्रमुख भन्सार अधिकृतलाइ कडा निर्देशन दिए लगतै भन्सार कार्यालय र स्थानीय प्रशासनले नाकामा कडाइ गरेसँगै भन्सार राजश्वमा दोव्वरले बृद्धि भएको छ ।

जवकी गत महिनासम्म दैनिक भन्सार राजश्व ८० लाखसम्म उठ्ने गरेकोमा हालआएर ओभरलोड गाडी नियन्त्रणसँगै चेकजाँचमा कडाइ गरिएसँगै दैनिक १ सय प्रतिशतले बृद्धि भएको कार्यालयले जनाएको छ । जस अनुसार कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा बार्षिक लक्ष्य पुरा गरिसकेको छ ।

कृष्णनगर भन्सारलाई चालु आर्थिक बर्षका लागि ४ अर्व १३ करोड ५ लाख ४८ हजारको लक्ष्य तोकिएको थियो । भन्सार नाकाबाट भारतबाट भित्रने ढुवानीका साधनलाइ चेकजाँचमा कडाइ गरी आगामी दिनमा थप राजश्व बृद्धि गर्न लामो समयदेखी नभएको तौलकाँटा समेत माग गरिएको भन्सार अधिकृत टोप बहादुर भुसाल बताउनुहुन्छ ।

जिल्लामा मुख्य भन्सार कार्यालय कृष्णनगर सहित थप ५ छोटी भंसार सञ्चालनमा छन् । जसमा सुठौली, चाकरचौडा, भिल्मी, हरिहरपुर र कृष्णनगरको पुरानो गेटको भंसार सञ्चालनमा छन ।

यस भन्सारको राजश्वका मुख्य स्रोत क्लिङ्कर, खरानी, जिप्सम, कोइला र बक्ससाईट आयात हो । त्यसैगरी कोईला, जीरा चामल र कनिका, गहँु, खसीबोका, फलफुल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजश्व संकलन भएको छ ।

भन्सारलाई सुचना र प्रबिधिमैत्री बनाउन आशीकुडा वल्र्ड प्रणाली लागु गरिएकाले पनि भन्सार असुलीमा सकारात्मक प्रभाव देखिएको भन्सार कर्मचारी बताउँछन ।