पाटिले अत्याचार गरेकाे भन्दै कांग्रेस नेता पाैडेलद्वारा पाटि परित्याग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पाटिले अत्याचार गरेकाे भन्दै कांग्रेस नेता पाैडेलद्वारा पाटि परित्याग



अाचार्य प्रदीप
बुटवल : फिक्स भएको टीकट अन्तिम समयमा खोसिएपछि नेपाली काँग्रेसका एक पुराना नेता नेताले पार्टी नै छाडेका छन् ।उनले टीकट बितरणमा आर्थिक चलखेलका कारण आफ्नो फिक्स भएको टीकट अन्तिम समयमा अर्कैलाइ बेचिएको दाबि गरे । महाधिवेशन प्रतिनीधि कृष्णप्रसाद पौडेलले पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरे । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० निवासी पौडेलले आगामी मंसिर २१ गते हुने प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ को ख बाट उम्मेदवारी दर्ता गराएसंगै आफूमाथी भएको अन्याय र अत्याचार सहन नसकेर उम्मेदवारी दर्ता गराएको तथा पार्टी परित्याग गरेको जानकारी गराए ।

२०३४ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरि राजनीति आरम्भ गरेका पौडेल २०३६ सालमा क्रियाशिल सदस्यता लिई पार्टीका जिम्मेवारी सहित पार्टीले लिएका नीति निर्देशन पालना गर्दै युवा अवस्थादेखि हालसम्म धैर्यता प्रदर्शन गरेपनि आफूमाथि ठूलो अन्याय भएको र पार्टीका जिल्लादेखि कन्द्रीय नेतासम्म बिपीको आदर्शलाई मागिखाने भाडो बनाएकाले पार्टी परित्याग गर्ने निर्णयमा पुगेको र अव उप्रान्त स्वतन्त्र रुपमा सामाजिक जीवन जिउने अठोट गरेको प्रष्ट पारे ।
पार्टीका महाधिवेशन प्रतिनीधि समेत रहनु भएका नेता पौडेलले शुक्रबार तिलोत्तमा १० वेवरी स्थीत आफ्नै निवासमा पत्रकार सम्मेलन गरी अफूले पार्टीकालागि धेरै योगदान गरेपनि आफ्नो योगदानको पार्टीमा कुनै मुल्याङ्कन नभएको र पैसावाला तथा नवप्रवेशीहरुको हातमा पार्टी पुगेको आरोप लगाए ।

२०३६ सालको छात्र आन्दोलन, २०३६ कै जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय रहेको तथा २०४० को सुरजपुरा काण्डमा नेता गिरीजाप्रसाद कोईरालालाई जोगाई सेमराबजार हुँदै बुटवल पु¥याएको बताए । २०४६ सालको जनआन्दोलनमा माघ २९ गते प्रहरीले आफ्नो घरमा घेराहाली पक्राउ गरेर बुटवल प्रहरी थानामा हिरासत बस्नुपरेको र सोही हिरासतमा रहँदा प्रहरीले दिएको चरम यातनाका कारण दाहिने आँखा गुमाउनु परेको उनले बताए ।

उनलाई उक्त घाउ निको हुन नपाउँदै भैरहवा जेल चलान भयो । पुनः प्रतिवन्धित अवस्थामा बुटवल, पक्लिहवा, लुम्बिनी थानाहरुमा र भैरहवा स्थित एसपी कार्यालयमा समेत गरि १० औं पटक हिरासतमा पर्नुभएको समकालिन नेताहरु बताउने गर्दछन् । त्यस्तै काठमाण्डौको केन्द्रीय आन्दोलनमा समेत पटक पटक सहभागि भई घाईते भएका थिए ।

पछिल्लो जनआन्दोलन २०६२÷०६३ मा १८ दिनसम्म पार्टीले दिएको जिम्मेवारी आन्दोलनको अगुवाई गर्दा लाठीचार्ज, टियर ग्यासको समेत सामना गर्नुपर्यो भने घाईते समेत हुनु परेको उनले बताए । विगत ४० वर्षदेखि नेपाली काँग्रेसमा रहेर विभिन्न अनुभव र जिम्मेवारी बहन गरेका पौडेल बुथ सभापति, जिल्ला समिति सदस्य, महाधिवेशन प्रतिनीधि, महासमिति सदस्य, जिल्ला सचिव, पार्टीको अभिलेख प्रमुख, जिल्ला उपसभापति पदमा निरन्तर काम गर्दै आएका थिए ।

यस बिचमा जिल्लाबाट सांसदका लागि पटक पटक सिफारिस भए, पछिल्लो पटक तिलोत्तमा नगरपालिकाको मेयरको रुपमा पार्टीबाट आश्वासन पाएपनि अन्तिम समयमा त्यसबाट समेत वञ्चित हुनु परेको उनले बताए । त्यस समयमा पार्टीका नेताहरुले आसन्न प्रतिनीधि सभा तथा प्रदेश सभाको निर्वाचनमा समेट्ने बचन दिएका थिए ।

प्रदेश सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. १ को ख बाट प्रदेश सभा सदस्य पदमा मनोनयन दर्ता गर्ने अंघिल्लो दिन रातीसम्म टिकट पाएको भएपनि मनोनयन दर्ता गर्ने समयमा टिकट अर्कैलाई दिएको समाचारले आफू स्तब्ध भएको उनले गुनासो गरे । नेपाली काँग्रेस रुपन्देहीले उहाँलाई उक्त क्षेत्रबाट पहिलो नम्बरमा सिफारिस गरेको थियो ।

पत्रकार सम्मेलनमा भक्कानिँदै प्रस्तुत भएका पौडेल पार्टीमा नताबाट र कृपाबादका कारण टिकट वितरणमा देखाएको अकर्मण्यताले पार्टीप्रति निष्ठाबान, प्रतिवद्ध इमान्दार नेता तथा कार्यकर्तालाई निकै ठूलो चोट परेको उल्लेख गरे । उनले पार्टीले आफूलाई सधै अन्याय गरेपनि जनताले न्याय दिने विश्वास गर्दै जनताकै चाहना र भावना अनुसार उम्मेदवारी दिएको सहयोगको लागि सबैलाई आह्वान गरे ।