पवित्र लुम्बिनी साकोसको आठौँ साधारणसभा सम्पन्न, ५९ जना सम्मानित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पवित्र लुम्बिनी साकोसको आठौँ साधारणसभा सम्पन्न, ५९ जना सम्मानित



 

काठमाडौँ /भदौ ५

पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी सस्थाको आठौँ साधारणसभा एक समारोहका बिच सम्पन्न भएको छ । तीजको अवसर पारेर दर खाने कार्यक्रम तथा साधारण सभा आयोजना एकसाथ गरिएको थियो ।

गान्धी प्रसाद पोखरेलको सभापतित्व रहेको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख अतिथिको रूपमा उपस्थित थिए । करिब ४०० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रमको संचलान संस्थाका सचिव हेमन्त घिमिरेले गरेका थिए ।

त्रिबेणी विकास बैङ्कका पूर्व अध्यक्ष लङ्क बहादुर केसी, लुम्बिनी तन्दुरी व्यवसायी सङ्घका अध्यक्ष खिमानन्द बस्याल, सहकारी डिभिजन कार्यालयकी माया बस्नेत, कलाकार मञ्जु गुरुङ, दिपिका श्रेष्ठ, मोतिराज खनाल र समीर लामा लगाएतको आतिथ्य रहेको कार्यक्रममा रक्तदान गर्ने ५९ जनालाई सम्मान गरिएको थियो भने वर्षभरि उक्त सहकारीमा कारोबार गर्ने उत्कृष्ट निक्षेपकर्ता र कर्मचारीलाई पनि सम्मान पनि गरिएको थियो ।

मन्तव्यको क्रममा अथितिहरुले सहकारीको महत्त्व बुझेर सरकारले सहकारीलाइ फरक ढङ्गले हेर्नुपर्ने बताएका थिए । मन्तव्यकै क्रममा प्रमुख अथिति टोपबहादुर रायमाझीले सहकारीले देशको समृद्वीमा भूमिका खेल्ने भन्दै यसलाई अझै उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिएका थिए । अमेरिका लगाएतका केही देशमा त्यहाका स्थानीयले १८ घण्टा खटेर ती देशलाई समृद्व बनाएका र हामीले पनि उनीहरूबाट सिक्नु पर्ने काममा दत्त चित्तले लाग्नुपर्ने भन्दै उनले थपे सबै उध्यमिलाइ म अझै तरक्की गरेको देख्न चाहन्छु ।

अथितिहरुको मन्तव्य कलाकारको मनोरंजन पछि सुरु भएको बन्द सत्रमा अध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरिएको थियो ।