पबित्र लुम्बिनी साकोसको आठौँ वार्षिकोत्सब सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पबित्र लुम्बिनी साकोसको आठौँ वार्षिकोत्सब सम्पन्न



 

हिमालपोष्ट/काठमाण्डौ, २७ चैत्र

पबित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिकोत्सब आज एक समारोहका बीच प्रज्ञा प्रतिष्ठान कमलादिमा मनाइएको छ ।

पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वक्ताहरुले सहकारीले अहिलेसम्म भोगेका कठिनाइ र नेपालमा सहकारीको आवश्यकता बिषयमा बोलेका थिए ।

धान्याञ्चल साकोसका अध्यक्ष भबिश्वर घिमिरेले कार्यक्रममा मन्तब्य राख्दै लुम्बिनी क्षेत्रका सहकारीहरु आपसमा सहकार्य गरि मिलेर स्वस्थ प्रतिस्पर्धा गर्दै जानेहो भने धेरै ठूलो लक्ष्य प्राप्त गर्न सकिने बताए यसैगरी बैंक अफ काठमान्डूका निर्देशक डा. हेमराज सुवेदीले नेपालमा सहकारीले खेलेको भुमिका अतुलनीय रहेको भन्दै अर्घाखाँची र गुल्मीका बासिन्दामा अत्यन्तै उर्जा र उद्यमशीलता रहेको बताए भने जनता बैँकका निर्देशक लंक बहादुर केसीले सहकारीको अबको लक्ष्य बहुउद्देशीय सहकारी हुनु पर्ने बताए ।

कार्यक्रममा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले नेपाल समृद्धि तर्फ लाग्ने पहिलो खुड्किलो सहकारी रहेको हुनाले समृद्ध नेपाल बनाउन सहकारी अभियानले अझै धेरै टेवा पुर्‍याउने भन्दै एक दशक जनताको संविधान ल्याउनमा बित्यो अबको दशक समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताए ।

अहिले लगभग ३०० सदस्य रहेको सहकारीमा १२ जना कर्मचारी रहेको संस्थाका कोषाध्यक्ष शिव देव पाण्डेले जानकारी दिए ।

सहकारीको जन्मोत्सबको अवसरमा बिश्वकै कम तौल भएका शिक्षक कृष्ण प्रसाद पौडेललाई सम्मान गरिनुका साथै नयाँ वर्षको शुभकामना तथा चियापान कार्यक्रम पनि राखिएको थियो ।