प्रचण्डले भने -प्रतिगमन र प्रतिगामीले टाउको उठाउन खोज्दै छन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्डले भने -प्रतिगमन र प्रतिगामीले टाउको उठाउन खोज्दै छन्



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिगमन र प्रतिगामीहरुले टाउको उठाउन खोजेकाले राजनीतिक परिवर्तनका पक्षधरहरु एकजुट र सचेत रहनुको विकल्प नभएको बताएका छन् ।

बिहिबार काठमाडौंमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका बिषयक सम्मेलनको उद्घाटन कार्यक्रममा उनले लामो आन्दोलनपछि आएको परिवर्तनलाई संस्थागत गर्दै अघि बढिसकेको अवस्थामा जनप्रतिनिधिहरुले जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताए । उनले भने, ‘प्रतिगमन र प्रतिगामीले टाउको उठाउन खोज्दै छन् ।

सरकार र राजनीतिक नेतृत्वले जनअपेक्षा अनुसार एक्सनमा जान ढिला गरे अर्कोले रियाक्सन गर्न सक्ने बताएका छन् ।

राजनीतिक परिवर्तनका सहयात्री र प्राप्त उपलब्धीलाई जोगाउनका लागि नेपाली जनताको चाहना अनुसार अघि बढ्नु पर्ने आवश्यकता छ ।’ परिवर्तन कोहि एक्लैले नल्याएको भन्दै उनले भने, ‘छिटो भन्दा छिटो काम गरेर जनतालाई समृद्धि, विकास र यो संविधानले नयाँ युग तिर लैजाँदैछ भन्ने विश्वास दिलाउनुको विकल्प छैन । ’