पछिल्लो समय निकै मर्मस्पर्शी लोक दोहोरी गीत “रोएर हेर”को चर्चा चुलिदै (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पछिल्लो समय निकै मर्मस्पर्शी लोक दोहोरी गीत “रोएर हेर”को चर्चा चुलिदै (भिडियो सहित)



समीर प्रकाश पाण्डे/वैशाख १ 

एक पछि अर्को गर्दै नेपाली लोक साङ्गीतिक बजारमा नयाँ नयाँ गीत आउने क्रममा केही समय अगाडि मात्र सार्वजनिक भएको लोकदोहोरी गीत “ रोएर हेर ” पछिल्लो समय चर्चामा छ ।

उत्कृष्ट लयका धनी सर्जक रामु खड्काको सङ्गीत र मन छुने शब्द रमेश परियार दीपक र राज अजिङ्गरल रहेको गीतमा चर्चित गायिका विष्णु माझी र दीपक परियार पाल्पालीले स्वर रहेको छ ।

यस्तै सोही गीतको म्युजिक भिडियोमा चर्चित मोडेल सारिका केसी र राज अजिङ्गरको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियो लाई निर्देशक कपिल लामाले निर्देशन गरेका छन् । राजेश घिमिरे र हरिष महराको छायाँकन रहेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका छन् । गीत मालति डिजिटल म्युजिक प्रा.ली ले बजार व्यवस्थापन गरेको छ ।