कांग्रेस पाणिनि गाउँपालिका कार्यालय उदघाटन-स्थानीय चुनावमा सवै लाग्न केन्द्रीय सदस्य विककाे निर्देशन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कांग्रेस पाणिनि गाउँपालिका कार्यालय उदघाटन-स्थानीय चुनावमा सवै लाग्न केन्द्रीय सदस्य विककाे निर्देशन



घनश्याम पाैडेल \दुर्गाफाट,  ३ वैशाख

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानवहादुर विश्वकर्माले नेपाली कांग्रेसकाे नेतृत्वमा संविधान जारी भएकाेले कांग्रेसले नेपाली कांग्रेसकाे नेतृत्वमा संविधान, शान्ति र संविधान नारा तय गरेकाे बताएका छन् ।नेपाली कांग्रेस पाणिनि गाउँपालिकाकाे पार्टी कार्यालय उदघाटन समाराेहमा नेता विकले कांग्रेस अार्थिक उत्पादन गर्ने गरि नीति र कार्यक्रम ल्याउने गरी लागेकाे बताएका  हुन् ।

सासंद समेत रहनुभएका विकले स्थानीय तहकाे चुनावमा हाेमिन नेपाली कांग्रेस जिल्ला कार्य समिति, साविकका गाउँ कार्य समिति, भातृसंगठन, शुभेच्छुक, क्रियाशिल सदस्यलाई निर्देशन गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले नेपालकाे एक जिल्ला मध्ये अर्घाखाँची कांग्रेसकाे किल्काकाे रूपमा चिनिएकाेले स्थानीय चुनावमा जिल्लालाई कांग्रेसमय बनाउन अाजैदेखि सवै लाग्न निर्देशन दिईन ।

नेतृ भुसालले नेपाली कांग्रेसले जम्मा गरेकाे रकम एमालेले वृद्ध भत्ताकाे रूपमा ढुकुटी रित्याउने गरि वितरण गरेकाे अाराेप लगाईन ।

नेपाली कांग्रेसका नेता डा. रामवहादुर विसिले चुनाव नजिकै अाएकाेले एकता भएर सवै लाग्न अाग्रह गरे ।

नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले स्थानिय तहकाे निर्वाचनमा साविकका गाउँ कार्य समितिलाई उम्मेदवार छनाेट गर्न अधिकार दिएकाेले छिटोभन्दा छिटाे सर्बसम्मत चयन गरि जिल्लालाई नामावलि पठाउन अाग्रह गर्नुभयाे ।

कार्यक्रममा कांग्रेस पुर्ब सभापति कमलप्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, नेताहरू हिम्मत टण्डन, लाेकेन्द्र विक, महाधिवेशन प्रतिनिधि युवानेता इन्द्रमणि पाैडेल, क्षेत्रिय सभापति अच्युत गाैतम, शिक्षक संघ जिल्ला अध्यक्ष यादव घिमिरे, तरूण दल अध्यक्ष नारायण खड्का, नेविसंघ अध्यक्ष युवराज पाण्डे लगाएतले मन्तव्य राख्दै कांग्रेस पाणिनि गाउँपालिकामा विजयि वनाउन लाग्नुपर्ने बताउदै जसले उम्मेदवारी पाएपनि घात गर्न नहुने बताए ।

साेहि कार्यक्रममा नेकपा एमाले, माअाेवादि केन्द्र परित्याग गरि मैदानकाे भत्रपुर, अड्गुरी, खिदिम र मैदानबाट ९८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

कार्यक्रम पाणिनि गाउँपालिका संयाेजक विष्णुप्रसाद अर्यालकाे अध्यक्षता, सहसंयाेजक यज्ञ पाैडेलकाे स्वागत र शेषकान्त घिमिरेकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।