पद्मा अर्यालले भनिन्- गठबन्धनले बूथ कब्जा गरेको छ, पुन: निर्वाचन गर्नुपर्छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पद्मा अर्यालले भनिन्- गठबन्धनले बूथ कब्जा गरेको छ, पुन: निर्वाचन गर्नुपर्छ



काठमाडौं– नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको भन्दै पुन: निर्वाचनको माग गरेकी छन्।

प्रतिनिधि सभातर्फ स्याङ्जा क्षेत्र नम्बर २ बाट एमालेकी उम्मेदवार रहेकी अर्यालले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले बूथ कब्जा गरेको बताएकी छन्।

उनले कांग्रेसले बूथ कब्जा गरेर फर्जि मतदान आरोप लगाएकी छन्। सत्ता गठबन्धन लोकतन्त्रको मर्म र निर्वाचन आचारसंहिता विपरीत चलेको उनले बताइन्। उनले स्याङ्जा २ का चारवटा मतदान केन्द्रमा भएको मतदानप्रति असन्तुष्टि जनाएकी छन्।

अर्यालले निष्पक्ष,धाँधलीरहित निर्वाचन हुन नसकेको भन्दै पुन: निर्वाचन गर्न माग गरिन्। अर्यालसँग नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ प्रतिस्पर्धामा छन्।