पद्मालाई पराजित गर्दै धनराजको शानदार विजय - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

पद्मालाई पराजित गर्दै धनराजको शानदार विजय



स्याङ्जा २ बाट कांग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित भएको छ । ५२३७ मतगणना हुँन बाँकी हुँदा नै उनको जित निश्चित भएको हो ।

पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार उनले २९५६६ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेकी पद्मा अर्यालले २३५९१ मतका साथ पछ्याइरहेकी छन् ।

७०,१९१ मत खसेकोमा अहिलेसम्म ६४ हजार ९५४ मतगणना भइसकेको छ । अब ५२३७ मतगणना हुन बाँकी छ । धनराज र पद्माबीच अहिले ५९७५ मतान्तर छ ।

प्रदेशसभा पनि कांग्रेसका महेश भट्टराईले १७२१९ मतका साथ अग्रता लिँदा एमालेका बुद्धिमान श्रेष्ठले १४१२१ मतका साथ पछ्याइरहेका छन् ।