४० हजार गणना गर्दा धनराज खुम्चिए, पद्माको भोट बढ्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

४० हजार गणना गर्दा धनराज खुम्चिए, पद्माको भोट बढ्यो



काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा ४० हजार मत गणना गरिसक्दा नेकपा एमालेकी सचिव पद्मा अर्यालको मत बढेको छ । कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता घटेको छ ।

एमालेले जितेको कालिगण्डी गाउँपालिकाको मतगणना भइरहँदा अर्यालको मत बढेको हो । लगातार अग्रता लिएका धनराजको मतमा कमि आएको छ ।

हालसम्म कांग्रेसका धनराजको १६ हजार ७३६ मत छ भने एमालेकी पद्माको १५ हजार १६४ मत छ ।

स्वतन्त्र पार्टीका टिबहादुर गुरुङले ६ हजार २६६ मत पाएका छन् । कुल ७० हजार मत खसेकोमा अझै ३० हजार गन्न बाँकी छ ।