एमाले सचिव पद्माको क्षेत्र स्याङ्जा २ मा एमाले 'निल' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एमाले सचिव पद्माको क्षेत्र स्याङ्जा २ मा एमाले ‘निल’



स्याङ्जा २ मा कांग्रेसले क्लीन स्वीप गरेको छ । नेकपा एमालेकी सचिव पद्मा अर्यालको क्षेत्रमा एमाले निल भएको छ ।

प्रतिनिधि र प्रदेशसभा दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ कांग्रेसकै धनराज गुरुङ निर्वाचित भएका छन् । गण्डकी प्रदेश तर्फ स्याङ्जा २ (क) बाट कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् । यस्तै, २ (ख) मा पनि कांग्रेसकै महेश भट्टराई विजयी भए ।

प्रतिनिधिसभा तर्फ कांग्रेसका गुरुङले एमालेकी पद्मा अर्याललाई पराजित गरेका हुन् । गुरुङले ३१ हजार ४६६ मत ल्याएर विजय भए । गुरुङकी निकटतम् प्रतिस्पर्धी एमालेकी पद्मा आर्यालले २५ हजार ८३९ मत ल्याइन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत ल्याए ।

गण्डकी प्रदेशसभा २ क तर्फ कांग्रेसका अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे । अर्यालले १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् । एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए । २ ख तर्फ कांग्रेसका भट्टराईले १८ हजार ८०८ मत ल्याएर विजयी भएका हुन् ।

उनले एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरे । एमालेका श्रेष्ठले १६ हजार ९९९ मत ल्याएका हुन् । योसँगै कांग्रेसले गण्डकी प्रदेशबाट प्रतिनिधिसभातर्फ १० सिट जितेको छ भने प्रदेशसभा तर्फ १८ सिट जितेको छ ।