पदहस्तान्तरण सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पदहस्तान्तरण सम्पन्न



साउन १० ।

लियो जिल्ला परिषद् ३२५ बि २ नेपालको पदहस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम सम्मपन्न भएको छ । लियो जिल्ला परिषद् ३२५ बि २ का वर्ष २०१६/२०१७ का अध्यक्ष अमृत गुप्ता रौनियारले वर्ष २०१७/०१८ को जिल्ला परिषदमा निर्वाचित भएको जिल्ला अध्यक्ष सार्दुल मयुर कशौधनलाइ एक कार्यक्रमका बिच पदहस्तान्तरण गरेका हुन ।

पदभार ग्रहण पश्चात् निर्वाचित जिल्ला अध्यक्ष कशौधनले आफूले आफ्नो कार्यकालमा आफूले आज भन्दा भोलीको दिन अझ राम्रो बनाउने आफ्नो यो वर्षको नाराको आधारमा रहेर सकारात्मक सिकाईका कार्यक्रमहरू गर्ने बताए ।

लायन्स जिल्ला परिषद् ३२५ बि २ का डिष्ट्रिक भाईज गर्भनर सुनिल प्रसाद ओझाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै ओझाले लियो र लायन्स सामाजिक सेवा गर्ने संस्था भएको बताउँदै सामाजिक काममा अझ सक्रिय भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बी २ अन्र्तगतका झन्डै ५० वटा भन्दा बढी क्ल्वका २५० जना भन्दा बढी लियो सदस्यहरूको सहभागिता रहेको थियो । यसै बिच कार्यक्रममा लायन्स अन्तराष्ट्रियको विद्यान बमोजिम वर्ष २०१७/०१८ का लागी निवार्चीत भएका विभिन्न क्लबका अध्यक्ष, सचिव र कोषाध्यक्षको दक्षता अभिबृद्धिको लागी भन्दै पिएसटी तालिम पनि सम्पन्न भएको छ । तालीमको गोपाल पाण्डे, पूर्व लियो जिल्ला सचिव एव नेपाल जेसीसका राििष्ट्रय उपाध्यक्ष राजु पौडेल, अर्चित श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए ।

लियो जिल्ला सचिव सरोज कडेलको सञ्चालनमा भएको कार्यक्रममा लायन राजु पौडेल, पूर्व जिल्ला अध्यक्ष सुदिप कोइराला, अमृत गुप्ता रौनियार लगायतले शुभकामना दिएका थिए ।