पहाडी र तराईका जिल्ला टुक्राईएकाे विराेधमा भाेलि अर्घाखाँची वन्दकाे अाह्वान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पहाडी र तराईका जिल्ला टुक्राईएकाे विराेधमा भाेलि अर्घाखाँची वन्दकाे अाह्वान



घनश्याम पौडेल ‘परिश्रमी’
अर्घाखाँची, १३ मंसिर
लुम्बिनी अञ्चल अन्तर्गत ५ नं. प्रदेश अन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्वर प्रदेशमा गाभेकोे भन्दै त्यसको विरोधमा दिनहु सदरमुकाम सन्धिखर्कमा प्रदर्शन भईरहेको हुदाँ भोली नेपाली कांग्रेसका भातृसङगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले संयुक्त प्रदर्शन गर्दै अर्घाखाँची वन्दकाे अाह्वान गरेको  छ ।

नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खडकाले भोली हुने प्रदर्शनको विषयमा हिमाल पोस्ट  सँग कुरा गर्दै १२ बजेदेखि १ बजेसम्म ¥याली, चक्काजाम तथा कोणसभा सहितको प्रदर्शन गर्ने जानकारी दिनुभयो । खडकाले ५ नम्बर प्रदेश भुगोलका हिसावले पहाड र तराई मिलेर बनेको र प्राकृतिक स्रोत साधन, सस्कृति र सापिप्यतासमेत समेटिएकाले यसलाई अलग गर्नुको कुनै अर्थ नरहेको भन्दै कडा आन्दोलनको तयारी गरेको बताउनुभयो ।