पहलमानपुर-लालबोझी सडक मर्मतको माग गर्दै पुर्वपश्चिम राजमार्ग अवरुद्ध - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

पहलमानपुर-लालबोझी सडक मर्मतको माग गर्दै पुर्वपश्चिम राजमार्ग अवरुद्ध



कैलाली । कैलालीको पहलमानपुर-लालबोझी सडक खण्ड मर्मतको माग गर्दै स्थानीयहरुले प्रर्दशन गरेका छन् ।
पहलमानपुर- लालबोझी सडक खण्डमा सवारी साधन चलाउन निकै नै समस्या रहेकाले तत्काल सडक मर्मतको माग गर्दै दबाब मुलक कार्यक्रम सहित आइतबार दिउँसो प्रर्दशन गरेका हुन् । स्थानीयहरुले सडक मर्मतको माग गर्दै एक घण्टा राजमार्ग अवरुद्ध समेत पारेका थिए ।

पहलमानपुर- लालबोझी सडक खण्ड हिलाम्य हुँदा अहिले मोटरसाईकल र साईकल बाहेकका सवारी साधन समेत सञ्चालन हुन सकेका छैनन् । प्रदर्शनमा उत्रिएको स्थानियहरुले घोडाघोडी नगरपालिकाको वडा नं १०, ११ र १२ का स्थानियहरु लाई सौतेनी व्यवहार गरेको गुनासो समेत गरेका छन् ।